News Portal

कुवेतमा विषाक्त मदिरा घटनाका पीडितबाट अंगदान, धेरैको जीवन बच्यो

४४३ पटक

काठमाडौं, भदौ १७ – कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाएका पीडितहरूका अंग संकलन गरी धेरै बिरामीलाई जीवनदान दिइएको छ।

कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म विषाक्त मदिराबाट २३ जनाको मृत्यु भएको छ भने १६० जना बिरामी परेका छन्। ज्यान गुमाउनेमध्ये १३ जना नेपाली आप्रवासी श्रमिक रहेका छन्।

मृतकमध्ये १० जनाको परिवारले अंगदानको अनुमति दिएपछि चिकित्सकहरूले २० वटा मिर्गौला, ३ मुटु, ४ कलेजो र २ फोक्सो संकलन गरेका हुन्। फोक्सोबाहेक सबै अंगको सफलतापूर्वक प्रत्यारोपण भएको कुवेती सञ्चारमाध्यमहरूले जनाएका छन्। पछिल्ला पाँच दिनमा मात्रै तीनवटा मुटु प्रत्यारोपण सम्पन्न भएको छ भने कलेजो अबुधाबी पठाइएर प्रत्यारोपण गरिएको छ।

कुवेतको अंग प्रत्यारोपण केन्द्रका प्रमुख डा. मुस्तफा अल–मुसावीका अनुसार सघन उपचार कक्षमा भर्ना भएकामध्ये १२ जनालाई ‘ब्रेन डेड’ घोषणा गरिएको थियो। तीमध्ये १० जनाको परिवारले अंगदानमा सहमति जनाएका हुन्। उनका अनुसार मृतकबाट अंग दान गर्नु उच्चतम परोपकार मानिन्छ।

यस घटनामा संलग्न अवैध मदिरा उत्पादन तथा वितरण गर्ने ६७ जना पक्राउ परेका छन्। त्यस्तै विषाक्त रसायन आपूर्ति गर्ने गोदाममा पनि छापा मारिएको छ। कुवेतको गृहमन्त्रालयले सो क्रममा श्रम र आवासीय कानुन उल्लङ्घन गरेको आरोपमा थप २५८ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...