News Portal

  • कुवेतमा विषाक्त मदिरा घटनाका पीडितबाट अंगदान, धेरैको जीवन बच्यो

    ३५१ पटक

    काठमाडौं, भदौ १७ – कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाएका पीडितहरूका अंग संकलन गरी धेरै बिरामीलाई जीवनदान दिइएको छ।

    कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म विषाक्त मदिराबाट २३ जनाको मृत्यु भएको छ भने १६० जना बिरामी परेका छन्। ज्यान गुमाउनेमध्ये १३ जना नेपाली आप्रवासी श्रमिक रहेका छन्।

    मृतकमध्ये १० जनाको परिवारले अंगदानको अनुमति दिएपछि चिकित्सकहरूले २० वटा मिर्गौला, ३ मुटु, ४ कलेजो र २ फोक्सो संकलन गरेका हुन्। फोक्सोबाहेक सबै अंगको सफलतापूर्वक प्रत्यारोपण भएको कुवेती सञ्चारमाध्यमहरूले जनाएका छन्। पछिल्ला पाँच दिनमा मात्रै तीनवटा मुटु प्रत्यारोपण सम्पन्न भएको छ भने कलेजो अबुधाबी पठाइएर प्रत्यारोपण गरिएको छ।

    कुवेतको अंग प्रत्यारोपण केन्द्रका प्रमुख डा. मुस्तफा अल–मुसावीका अनुसार सघन उपचार कक्षमा भर्ना भएकामध्ये १२ जनालाई ‘ब्रेन डेड’ घोषणा गरिएको थियो। तीमध्ये १० जनाको परिवारले अंगदानमा सहमति जनाएका हुन्। उनका अनुसार मृतकबाट अंग दान गर्नु उच्चतम परोपकार मानिन्छ।

    यस घटनामा संलग्न अवैध मदिरा उत्पादन तथा वितरण गर्ने ६७ जना पक्राउ परेका छन्। त्यस्तै विषाक्त रसायन आपूर्ति गर्ने गोदाममा पनि छापा मारिएको छ। कुवेतको गृहमन्त्रालयले सो क्रममा श्रम र आवासीय कानुन उल्लङ्घन गरेको आरोपमा थप २५८ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...

    पल शाहको ‘हामी छौं फाउन्डेसन’ सञ्चालन, दुर्गममा शिक्षा र स्वास्थ्य सहयोगको घोषणा

    काठमाडौं, मंसिर २१ – अभिनय र मोडलिङमा सक्रिय रहँदै आएका कलाकार पल शाह अब समाजसेवामा...