News Portal

विद्या भण्डारी समूहले बानेश्वरमा खोले सम्पर्क कार्यालय, तीन दशकअघिको घरमै फेरि गुञ्जिने राजनीति

३०९ पटक

काठमाडौं, साउन २२ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशसँगै उनको समूहले काठमाडौंको बानेश्वर हाइटस्थित थापा गाउँमा सम्पर्क कार्यालय खोल्ने तयारी तीव्र बनाएको छ। चार तले एउटा पुरानो घर भाडामा लिएर राजनीतिक गतिविधि थालिने भएको छ।

यो सामान्य घर हैन— यही भवन करिब ३० वर्षअघि जननेता मदन भण्डारीले काठमाडौंमा प्रतिनिधिसभा निर्वाचन लड्दा प्रचारप्रसारको सम्पर्क कार्यालयका रूपमा प्रयोग गरिएको थियो। भण्डारी समूहको रणनीति पनि यही ऐतिहासिक भावनासँग गाँसिएको छ— “जननेताको मार्ग र स्मृतिलाई आत्मसात गर्दै जनसंवादको नयाँ यात्रा सुरु गर्ने।”

सम्पर्क कार्यालयका नाममा घर लिए पनि यो फाउन्डेसनको आवरणमा स्थापित गरिएको हो। भण्डारी नजिकका एक नेताका अनुसार, फाउन्डेसनको नाममा राजनीतिक गतिविधि सञ्चालन गर्ने र आगामी दिनमा भण्डारी नियमित रूपमा त्यहीँ उपस्थित भई कार्यकर्तासँग भेटघाट तथा समन्वय गर्ने योजना छ।

राजनीतिक ब्याकड्रप अझ गहिरो बनाउँदै, भण्डारी समूहले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा ‘हीरक महोत्सव’ मनाउने घोषणा गरिसकेको छ। यसका लागि ‘जननेता मदन भण्डारी ७५औँ जन्म जयन्ती मूल व्यवस्थापन समिति’ गठन गरिएको छ, जसअन्तर्गत विभिन्न कार्यक्रममार्फत जबज विचारधारालाई पुनः सजीव बनाउने कोशिस हुनेछ।

प्रतिकृया दिनुहोस्

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...