News Portal

विद्या भण्डारी समूहले बानेश्वरमा खोले सम्पर्क कार्यालय, तीन दशकअघिको घरमै फेरि गुञ्जिने राजनीति

२६२ पटक

काठमाडौं, साउन २२ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशसँगै उनको समूहले काठमाडौंको बानेश्वर हाइटस्थित थापा गाउँमा सम्पर्क कार्यालय खोल्ने तयारी तीव्र बनाएको छ। चार तले एउटा पुरानो घर भाडामा लिएर राजनीतिक गतिविधि थालिने भएको छ।

यो सामान्य घर हैन— यही भवन करिब ३० वर्षअघि जननेता मदन भण्डारीले काठमाडौंमा प्रतिनिधिसभा निर्वाचन लड्दा प्रचारप्रसारको सम्पर्क कार्यालयका रूपमा प्रयोग गरिएको थियो। भण्डारी समूहको रणनीति पनि यही ऐतिहासिक भावनासँग गाँसिएको छ— “जननेताको मार्ग र स्मृतिलाई आत्मसात गर्दै जनसंवादको नयाँ यात्रा सुरु गर्ने।”

सम्पर्क कार्यालयका नाममा घर लिए पनि यो फाउन्डेसनको आवरणमा स्थापित गरिएको हो। भण्डारी नजिकका एक नेताका अनुसार, फाउन्डेसनको नाममा राजनीतिक गतिविधि सञ्चालन गर्ने र आगामी दिनमा भण्डारी नियमित रूपमा त्यहीँ उपस्थित भई कार्यकर्तासँग भेटघाट तथा समन्वय गर्ने योजना छ।

राजनीतिक ब्याकड्रप अझ गहिरो बनाउँदै, भण्डारी समूहले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा ‘हीरक महोत्सव’ मनाउने घोषणा गरिसकेको छ। यसका लागि ‘जननेता मदन भण्डारी ७५औँ जन्म जयन्ती मूल व्यवस्थापन समिति’ गठन गरिएको छ, जसअन्तर्गत विभिन्न कार्यक्रममार्फत जबज विचारधारालाई पुनः सजीव बनाउने कोशिस हुनेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...