News Portal

रवि लामिछानेले थुनामुक्तिको माग गर्दै अदालतमा निवेदन, गुपचुप राखिएको विषय अहिले सार्वजनिक

३४२ पटक

बुटवल, साउन २२ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणजस्ता गम्भीर आरोपमा थुनामा रहेका बेला आफूलाई थुनामुक्त गरियोस् भन्ने मागसहित रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन्।

लामिछानेले आफू निर्दोष रहेको दाबी गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा हुन पाउने कानुनी अधिकार प्रयोग गर्न चाहेको बताएका छन्। उनले आफ्नो जिम्मेवारीको हिस्साको बिगो बराबरको रकम बैंकमार्फत राखेर थुनामुक्त गरियोस् भन्ने माग गरेका हुन्।

तर, यो निवेदन १९ साउनमै अदालतमा दर्ता गरिए पनि विषयलाई तीन दिनसम्म सार्वजनिक नगरिएको पाइएको छ। रास्वपा रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माले लामिछानेले निवेदन दिएकोबारे जानकारी चार दिनपछि मात्र – बिहीबार थाहा पाएको प्रतिक्रिया दिएका छन्।

रविलाई रुपन्देहीको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, उच्च अदालतले उक्त आदेश उल्ट्याउँदै उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। चैत २५ गतेदेखि लामिछाने रुपन्देही कारागारमै थुनामा छन्। उनले काठमाडौं सर्ने प्रयास गरे पनि गृह मन्त्रालयले रोकेको बुझिएको छ।

यसअघि पनि उनी ८४ दिन हिरासतमा बसेपछि रिहा भएका थिए भने त्यसपछि २५ दिनमात्रै कारागारबाहिर बिताएका थिए।

राजनीतिक प्रतिशोधको आरोपसहित लामिछानेले अब पुनः थुनामुक्तिको कानुनी प्रक्रिया अघि बढाएका छन्।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...