News Portal

रास्वपाको मतपरिणाम किन गोप्य?

२५० पटक

काठमाडौँ, भदौ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार घोषणा गरेको छ। आइतबार बसेको सचिवालय बैठकले तीन घण्टा ढिला गरी उम्मेदवारको घोषणा गर्यो।

यसपटक पार्टीले मिश्रित निर्वाचन प्रणाली अपनाउँदै प्रारम्भिक निर्वाचन र नेतृत्व मूल्याङ्कन दुबैको आधारमा उम्मेदवार छनोट गरेको थियो। तर, उम्मेदवारले पाएका मत र अंक सार्वजनिक गरिएको छैन। यसले पार्टीभित्र नेतृत्व हस्तक्षेपको आशंका बढाएको छ।

रास्वपाका नेताहरूका अनुसार, सार्वजनिक नगर्नुको कारण उम्मेदवारको प्रतिष्ठामा असर पर्न सक्ने र प्रक्रियागत कम्जोरी रहेको हो। स्रोतले भने, “पार्टीले नयाँ र टेक्निकल प्रक्रिया अपनाएको हुँदा आवश्यक कार्यविधि अझै बनिसकेको छैन। कार्यविधि तयार भएपछि मात्रै सबै मतपरिणाम सार्वजनिक गरिनेछ।”

उम्मेदवार चयन प्रक्रियामा साउन ७ देखि २१ गते आवेदन खुला गरियो र नौ जनाले आवेदन दिए। प्रारम्भिक निर्वाचन भदौ १२–१३ गते सम्पन्न भए पनि केवल १,५६७ मत मात्र खसेको थियो। केन्द्रीय समितिका आधाभन्दा बढी सदस्यले मतदानमा भाग नलिनुले पनि नेतृत्व हस्तक्षेपको शंका बढाएको छ।

पार्टीका नेताहरू भने, प्राविधिक समस्या र नयाँ प्रणाली प्रयोगका कारण मतदाताहरू अलमलमा परेको हुन सक्ने बताउँछन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...

अनुहार फेरि फेरि षडयन्त्र नगरौं !

– कमला थापा २०८२ फाल्गुन २५ गते सोमबार। “अनुहार फेरि-फेरि षडयन्त्र नगरौं” उक्त भनाइ श्री...

आज २०८२ साल फागुन २५ गतेको राशिफल

आज फागुन २५, २०८२ ( मार्च ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...