News Portal

सबै नेपालीका लागि पूर्वसूचना पुग्नेछ पाँच वर्षभित्र : गृहमन्त्री लेखक

३२४ पटक

काठमाडौं, साउन २२ – जलवायुको बदलिंदो मिजाज र प्रकृतिको अनपेक्षित रूप—यी दुबैलाई समयमै चिन्ने आँखा अब प्रत्येक नेपालीसँग हुने गृहमन्त्री रमेश लेखकले घोषणा गरेका छन्।

‘सबैका लागि पूर्वसूचना’ भन्ने राष्ट्रिय कार्यशालामा बोल्दै गृहमन्त्री लेखकले भने, “अबको पाँच वर्षभित्र नेपालको हरेक नागरिकले जोखिमको पूर्व सूचना पाउनेछ।”

उनका अनुसार हाल मुलुकको करिब एक तिहाइ जनसंख्या मात्र जोखिम सम्बन्धी पूर्वसूचनाको पहुँचमा छन्। बाढी, पहिरो, डुबान, चट्याङ, खडेरी—यी सबैप्रति सचेत बनाउने संरचना अझै अधुरो छ।

“अहिले हामी अलिक पछि परेका छौं, तर अब ढिला गर्दैनौं। २०३० भित्र हामी त्यस्तो प्रणाली बनाउनेछौं जसले प्रत्येक नागरिकलाई घरमै बसेर जोखिमबारे समयमै जानकारी दिनेछ,” गृहमन्त्रीको दृढ भनाइ थियो।

गृहमन्त्री लेखकले अहिलेको युग ‘पूर्वसूचना प्रधान’ युग भएको उल्लेख गर्दै नेपालले पनि अब त्यसैको बाटो समाउने बेला आएको बताए।

विश्वका धेरै देशमा अझै मनसुनजन्य जोखिममा परेका लाखौं मानिस पूर्वसूचनाको पहुँचबाहिर रहेको तथ्यांक प्रस्तुत गर्दै उनले नेपालको अवस्था पनि चिन्ताजनक रहेको बताए।

तर अब योजना बनेको छ—मार्गचित्र तयार हुँदैछ। पाँच वर्षभित्र सूचना प्रवाहको त्यो जालो बुनिनेछ, जसले पहाडको टाकुरादेखि तराईको गाउँसम्म, हरेक नेपालीलाई संकटको सन्देश समयमै पु¥याउनेछ।

“हामी ढिलो भयौं, स्वीकार्छौं। तर अब पछि फर्कने समय छैन,” गृहमन्त्री लेखकले निष्कर्ष सुनाए।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...