News Portal

गण्डकी एमालेभित्र विद्या भण्डारीप्रति मतभेद, ओलीको काँध थाप्ने रणनीति?

२६० पटक

पोखरा, भदौ १६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हालैको पोखरा भ्रमणपछि सक्रिय राजनीतिमा फर्किने संकेत दिएपछि नेकपा एमालेभित्र आन्तरिक तरंग पैदा भएको छ।

पोखरामा सात दिन बसेर उनले हजारौं शुभेच्छुक, कार्यकर्ता र समाजका विभिन्न तहका व्यक्तिहरूसँग भेटघाट गरिन्। धेरै महिलाले उनलाई “फेरि राजनीतिमा फर्किनुपर्छ” भन्ने आग्रहसमेत गरेका थिए।

भण्डारीको सक्रियताले गण्डकी एमालेभित्र मिश्रित प्रतिक्रिया देखिएको छ। उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी समिति सदस्य खगराज अधिकारी दुवै विपक्षमा उभिएका कारण धेरै नेताले खुलेर समर्थन जनाउन नसकेको देखिन्छ। यद्यपि, भित्रभित्रै भण्डारीप्रति समर्थन बढ्दै गएको दाबी गरिन्छ।

एक नेताले भने, “भण्डारीलाई सदस्यता नवीकरण रोकिनु कार्यकर्तामाथि अन्याय हो। कानुनले कतै रोक्दैन भने पार्टीले पनि रोक्नु हुँदैन।”

गण्डकीमा तत्काल प्रदेशवादी सोच हाबी भए पनि विधान महाधिवेशनपछि परिस्थिति बदलिन सक्ने नेताहरूको बुझाइ छ। यसैबीच, एमालेले २५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ, जसले पार्टीभित्र असुरक्षाको भाव थप बढाएको छ।

कतिपयले भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने संकेत अध्यक्ष केपी शर्मा ओलीकै पहल रहेको बताउँछन्। उनीहरूको बुझाइमा, ओलीले महासचिव शंकर पोखरेलको बढ्दो प्रभावलाई सन्तुलन गर्न भण्डारीलाई अघि सारेका हुन्।

हाल गण्डकी एमालेभित्र विद्या भण्डारीको पुनरागमनले मतभेद चुलिएको छ। एक पक्षले उनलाई देश र पार्टीका लागि आवश्यक ठानिरहेका छन् भने अर्काे पक्षले यसलाई आन्तरिक द्वन्द्व बढाउने कदमका रूपमा व्याख्या गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...