News Portal

ओलीविनाको एमाले, एमालेविनाको समृद्ध नेपाल — सम्भव छैन : पोलिटब्युरो सदस्य निरुदेवी पालको स्पष्ट भनाइ

२०३ पटक

कन्चनपुर, साउन २३ — नेकपा एमालेका पोलिटब्युरो सदस्य निरुदेवी पालले अध्यक्ष केपी शर्मा ओली बिना एमालेको अस्तित्व नै असम्भव भएको र एमाले बिना नेपालको समृद्धिको कल्पना नै गर्न नहुने धारणा व्यक्त गरेकी छन्। सुदूरपश्चिम प्रदेशमा आयोजित प्रेस चौतरी बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले भनिन्, “केपी ओलीविना एमाले रहन सक्दैन, एमालेविना नेपाल समृद्धि बन्न सक्दैन। यस्तो सोच राख्नु मूर्खता हो।”

पालले अध्यक्ष ओलीकै नेतृत्वमा एमालेले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा पनि त्यही नेतृत्व अपरिहार्य हुने विश्वास व्यक्त गरिन्।

उनले केन्द्रीय कमिटीले गरेको पछिल्लो निर्णयलाई ‘विधान महाधिवेशनको मूल सार’ ठहराउँदै पार्टीका सबै तह र पंक्तिमा एकजुटता आवश्यक रहेको पनि जोड दिइन्।

“महाधिवेशनको तयारी चाँडै हुने भएकाले सबै कार्यकर्ताले पार्टीलाई बलियो बनाउन र निर्णयलाई सफल बनाउन सक्रिय भूमिका खेल्नुपर्छ,” पालले भनिन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...