News Portal

ओलीविनाको एमाले, एमालेविनाको समृद्ध नेपाल — सम्भव छैन : पोलिटब्युरो सदस्य निरुदेवी पालको स्पष्ट भनाइ

२८९ पटक

कन्चनपुर, साउन २३ — नेकपा एमालेका पोलिटब्युरो सदस्य निरुदेवी पालले अध्यक्ष केपी शर्मा ओली बिना एमालेको अस्तित्व नै असम्भव भएको र एमाले बिना नेपालको समृद्धिको कल्पना नै गर्न नहुने धारणा व्यक्त गरेकी छन्। सुदूरपश्चिम प्रदेशमा आयोजित प्रेस चौतरी बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले भनिन्, “केपी ओलीविना एमाले रहन सक्दैन, एमालेविना नेपाल समृद्धि बन्न सक्दैन। यस्तो सोच राख्नु मूर्खता हो।”

पालले अध्यक्ष ओलीकै नेतृत्वमा एमालेले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा पनि त्यही नेतृत्व अपरिहार्य हुने विश्वास व्यक्त गरिन्।

उनले केन्द्रीय कमिटीले गरेको पछिल्लो निर्णयलाई ‘विधान महाधिवेशनको मूल सार’ ठहराउँदै पार्टीका सबै तह र पंक्तिमा एकजुटता आवश्यक रहेको पनि जोड दिइन्।

“महाधिवेशनको तयारी चाँडै हुने भएकाले सबै कार्यकर्ताले पार्टीलाई बलियो बनाउन र निर्णयलाई सफल बनाउन सक्रिय भूमिका खेल्नुपर्छ,” पालले भनिन्।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...