News Portal

रुपन्देही कारागारमा रवि भेटेपछि बाबुरामको टिप्पणी : “पत्रिका पढ्नसमेत नदिइएको अचम्म लाग्यो”

२६० पटक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बिहीबार रूपन्देही कारागार पुगे। भेटपछिको प्रतिक्रिया दिँदै डा. भट्टराईले रविको थुनावन्दी अवस्था गम्भीर रूपमा अस्वाभाविक देखिएको टिप्पणी गरे।

“पत्रिकासमेत पढ्न दिँदैनन् रे !”

भट्टराईले पत्रकारहरूसँगको कुराकानीमा भने, “पञ्चायतकालमा समेत जेलमा बसेका व्यक्तिलाई पत्रपत्रिका पढ्न दिइन्थ्यो। तर अहिले रविलाई त्यसको अधिकारसमेत छैन रे।”

उनले कारागारभित्रका केही कर्मचारीहरूसँग सोध्दा, ‘त्यस्तो रोक्नेसम्बन्धी कुनै आदेश छैन’ भन्ने जवाफ आएको पनि बताए। तर यथार्थमा रविलाई पत्रपत्रिका उपलब्ध नगराइएकोप्रति उनले गम्भीर असन्तोष व्यक्त गरे।

उनको भनाइमा, “सूचनाबाट पूर्ण रूपमा बञ्चित गर्नु लोकतन्त्रको मर्म विपरीत हो। जेल त हो खुला ठाउँ, जहाँ न्यूनतम मानवीय अधिकारको सम्मान हुन्छ। तर रविलाई राखिएको ठाउँ त सोलिटरी कन्फाइनमेन्टजस्तै छ।”

“भाग्ने सम्भावना छैन, बाहिरै राखेर मुद्दा चलाउन सकिन्थ्यो”

भट्टराईले लामिछानेको पुर्पक्ष थुनाबारे समेत प्रश्न उठाए। “उहाँ भाग्ने अवस्था छैन। जनताको प्रतिनिधि भएर भागेर हिँड्ने होइन। त्यसैले थुनाबाहिरै राखेर जमानतमा मुद्दा चलाउन सकिन्थ्यो,” उनले स्पष्ट रूपमा भने।

 

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...