News Portal

रुपन्देही कारागारमा रवि भेटेपछि बाबुरामको टिप्पणी : “पत्रिका पढ्नसमेत नदिइएको अचम्म लाग्यो”

१९० पटक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बिहीबार रूपन्देही कारागार पुगे। भेटपछिको प्रतिक्रिया दिँदै डा. भट्टराईले रविको थुनावन्दी अवस्था गम्भीर रूपमा अस्वाभाविक देखिएको टिप्पणी गरे।

“पत्रिकासमेत पढ्न दिँदैनन् रे !”

भट्टराईले पत्रकारहरूसँगको कुराकानीमा भने, “पञ्चायतकालमा समेत जेलमा बसेका व्यक्तिलाई पत्रपत्रिका पढ्न दिइन्थ्यो। तर अहिले रविलाई त्यसको अधिकारसमेत छैन रे।”

उनले कारागारभित्रका केही कर्मचारीहरूसँग सोध्दा, ‘त्यस्तो रोक्नेसम्बन्धी कुनै आदेश छैन’ भन्ने जवाफ आएको पनि बताए। तर यथार्थमा रविलाई पत्रपत्रिका उपलब्ध नगराइएकोप्रति उनले गम्भीर असन्तोष व्यक्त गरे।

उनको भनाइमा, “सूचनाबाट पूर्ण रूपमा बञ्चित गर्नु लोकतन्त्रको मर्म विपरीत हो। जेल त हो खुला ठाउँ, जहाँ न्यूनतम मानवीय अधिकारको सम्मान हुन्छ। तर रविलाई राखिएको ठाउँ त सोलिटरी कन्फाइनमेन्टजस्तै छ।”

“भाग्ने सम्भावना छैन, बाहिरै राखेर मुद्दा चलाउन सकिन्थ्यो”

भट्टराईले लामिछानेको पुर्पक्ष थुनाबारे समेत प्रश्न उठाए। “उहाँ भाग्ने अवस्था छैन। जनताको प्रतिनिधि भएर भागेर हिँड्ने होइन। त्यसैले थुनाबाहिरै राखेर जमानतमा मुद्दा चलाउन सकिन्थ्यो,” उनले स्पष्ट रूपमा भने।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...