News Portal

  • पूर्व स्वास्थ्य राज्यमन्त्री बस्यालको ६७ वर्षको उमेरमा निधन, कांग्रेस सभापति देउवाबाट श्रद्धाञ्जली

    १८० पटक

    काठमाडौँ, साउन २३ – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको आज बिहान ६७ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहँदै आएका बस्यालले शुक्रबार बिहान ८ः५० बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३, तातापानीस्थित आफ्नै निवासमा अन्तिम श्वास लिएका हुन्।

    वि.सं. २००८ माघ १५ गते जन्मिएका बस्यालले आफ्नो राजनीतिक यात्रामा नेपाली कांग्रेस र यसको भ्रातृ संस्थाहरूमा विभिन्न जिम्मेवारी सम्हाल्दै संगठन विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएका थिए। उनी नेपाल दलित संघका पूर्व अध्यक्ष, संविधानसभा सदस्य (२०६४ र २०७०), कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतका पूर्व उपसभापति तथा नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्यसमेत रहिसकेका थिए। बस्यालको सक्रिय भूमिका नेपालको लोकतान्त्रिक आन्दोलन र दलित अधिकारको पक्षमा विशेष रुपमा स्मरणीय मानिन्छ।

    उनको निधनले नेपाली कांग्रेस परिवार र लोकतान्त्रिक आन्दोलन एकजना अनुभवी नेतृत्वबाट वञ्चित भएको सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जनाएका छन्। देउवाले स्वर्गीय बस्यालको आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...

    रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

    बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता...

    अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

    काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको...

    जनताले चाहे प्रधानमन्त्री बन्न तयार : सुदन गुरुङ

    काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको...

    रास्वपाको निर्देशन : चाडपर्वमा उपहार नलिनु, रातो पासपोर्ट बुझाउनू

    काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको...