News Portal

गृहपृष्ठ # नेपाल प्रहरी

किराना पसलभित्रै लुकेको अर्बौंको क्रिप्टो कारोबार : हुण्डी र वन्यजन्तुका अवैध कारोबार पनि खुल्यो

काठमाडौं, असार २६ – ललितपुरको सानेपास्थित एक सामान्य देखिने किराना पसलबाट करोडौंको अवैध कारोबारको जालो फेला परेको छ। सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले राजतीर्थ किराना पसलमा अचानक छापा हानेपछि रूपेशकुमार गुप्ता र...बाँकी

सुर्खेतमा अफिम कारोबार : पाँच किलोभन्दा बढी अफिमसहित एक पक्राउ, मुख्य नाइके अझै फरार

सुर्खेत, असार २६ – सुर्खेत प्रहरीले ठूलो परिमाणको अवैध अफिम बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएको छ। भेरीगंगा नगरपालिका–१० छिन्चुबाट बुधबार पक्राउ परेका व्यक्तिसँग प्रहरीले पाँच किलो ४५० ग्राम अफिम बरामद गरेको हो। पक्राउ पर्नेमा...बाँकी

मोरङमा पुर्खौली सम्पत्तिको अंश विवादले भाउजुको हत्या, देवर पक्राउ

मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना सार्वजनिक भएको छ । आफ्नै देवरको हातबाट ६० वर्षीया टीकामाया कार्की बस्नेतको हत्या भएको खुलासा भएपछि प्रहरीले देवरलाई नियन्त्रणमा लिएको...बाँकी

रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको समर्थनमा नागरिकस्तरबाट हस्ताक्षर गर्दैमा एक ट्राफिक प्रहरी सईले जागिरमै संकट ब्यहोर्नुपरेको छ। नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्कालाई...बाँकी

सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज, नोचा, रामचोक लगायतका ठाउँबाट अहिले दिनहुँ भारतबाट अवैध रूपमा नेपालतर्फ बोइलर कुखुराहरू भित्रिन थालेपछि नेपाली कुखुरा व्यवसायीहरू समस्यामा पर्न थालेका...बाँकी

सामाजिक सञ्जाल दुरुपयोगविरुद्ध एलिनाको कडा कदम : चारजनाविरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौं, असार १६ – गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक व्यवहार गर्नेहरूको विरुद्धमा कडा कदम चालेकी छन्। चरित्र हत्या गर्दै गालीगलौज गर्नेहरूमाथि कानुनी कारबाहीका लागि उनले नेपाल प्रहरीको साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता...बाँकी

२१ वर्षअघि हत्या गरी भारत भागेका पूर्णबहादुर सार्की पाल्पा प्रहरीले सीमाबाट पक्राउ

पाल्पा, असार १२ – दुई दशकअघि हत्या गरी भारततर्फ फरार रहेका एक अभियुक्तलाई पाल्पा प्रहरीले अन्ततः पक्राउ गरेको छ। पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका गुनडाँडामा २०६१ साल असार १९ गते भएको एक जघन्य घटनामा संलग्न पूर्णबहादुर...बाँकी

प्रहरीसम्बन्धी विधेयक असारमै सदनमा पुर्‍याउन गृहमन्त्री लेखकको आग्रह

काठमाडौं, असार ११ – नेपाल प्रहरीसम्बन्धी कानुन संशोधनका लागि तयार पारिएको विधेयक असार महिनाभित्रै प्रतिनिधिसभामा पेश गर्न गृहमन्त्री रमेश लेखकले संसदीय समिति समक्ष आग्रह गरेका छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको...बाँकी

काठमाडौं उपत्यकामा सवारी ठप्प, सर्वसाधारणका लागि प्रहरीले चलायो बस

काठमाडौं, जेठ १९ – गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा यातायात व्यवसायीहरूले सोमबार काठमाडौं उपत्यकाभर सार्वजनिक सवारी साधन ठप्प पारेपछि सर्वसाधारण अत्यन्तै मर्कामा परेका छन्। बिहानैदेखि बस चढ्न नपाएर सडक किनारमै उभिएका यात्रुहरूको...बाँकी

भारतबाट पक्राउ परेका दुर्गा प्रसाईं झापा ल्याइए, अब काठमाडौं ल्याइने तयारीमा

काठमाडौं, चैत्र २९ – राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले भारतको आसाम राज्यबाट पक्राउ गरी शुक्रबार बिहान झापा ल्याएको छ। काँकडभिट्टा नाकामार्फत नेपाल प्रवेश गराइएका प्रसाईंलाई विशेष सुरक्षा व्यवस्थाबीच नेपाल प्रहरीले झापा पुर्‍याएको हो।...बाँकी