News Portal

स्पेन प्रकरण : भिसा काण्ड छानबिन गर्न गृह मन्त्रालयमा उच्चस्तरीय छलफल

२३९ पटक

काठमाडौं, असार ३० – स्पेनमा आयोजित एक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी गराउने भन्दै अनधिकृत रूपमा भिसा उपलब्ध गराइएका व्यक्तिहरूको प्रकरणमा सरकारले कडा कदम चाल्ने भएको छ। गृहमन्त्री रमेश लेखकको पहलमा आज आकस्मिक रूपमा सिंहदरबारस्थित गृह मन्त्रालयमा उच्चस्तरीय बैठक बस्दैछ।

बैठकमा गृहसचिव गोकर्णमणि दवाडी, नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख चन्द्रकुबेर खापुङ, मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख कृष्ण पंगेनी र अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाल सहभागी हुँदैछन्।

गृह मन्त्रालय स्रोतका अनुसार सो बैठकमा कुन गैरसरकारी संस्था (एनजीओ) वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले अवैध रूपमा पैसा उठाएर व्यक्तिहरूलाई स्पेन पुर्यायो भन्ने यथार्थ पत्ता लगाउन सुरक्षा निकायलाई निर्देशन दिने तयारी छ।

आज बिहानै गृहमन्त्री लेखकले गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलाएर उक्त घटनाबारे छिटोभन्दा छिटो छानबिन अघि बढाउन निर्देशन दिएका थिए। गृह मन्त्रालयले घटनालाई गम्भीर रूपमा लिएर कारबाही प्रक्रिया अगाडि बढाउने संकेत दिएको छ।

 

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...