News Portal

  • रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    १७१ पटक

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको समर्थनमा नागरिकस्तरबाट हस्ताक्षर गर्दैमा एक ट्राफिक प्रहरी सईले जागिरमै संकट ब्यहोर्नुपरेको छ।

    नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्कालाई लामिछानेको पक्षमा हस्ताक्षर गरेको भन्ने आरोप लागेपछि प्रहरी मुख्यालयले उनलाई जिम्मेवारीमुक्त गर्दै काठमाडौं तानेको हो।

    लामिछानेको समर्थनमा रास्वपाले देशभर हस्ताक्षर अभियान चलाइरहेको बेला सई खड्काले समेत त्यसमा हात हालेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरी संगठनले उनलाई छानबिनका लागि बोलाएको हो।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले खड्कालाई हेडक्वाटर झिकाएर हस्ताक्षर प्रकरणको विवरण बुझिने बताएका छन्।

    सहकारी ठगीको आरोपमा भैरहवा कारागारमा रहेका लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपा र उनका समर्थकहरूले हस्ताक्षर अभियान चलाएका हुन्। यही अभियानमा सरकारी सेवामा रहेका व्यक्तिले समेत खुलेर समर्थन जनाएको विषयले प्रहरी संगठनभित्र नै विवाद निम्त्याएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...