News Portal

सुर्खेतमा अफिम कारोबार : पाँच किलोभन्दा बढी अफिमसहित एक पक्राउ, मुख्य नाइके अझै फरार

३१७ पटक

सुर्खेत, असार २६ – सुर्खेत प्रहरीले ठूलो परिमाणको अवैध अफिम बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएको छ। भेरीगंगा नगरपालिका–१० छिन्चुबाट बुधबार पक्राउ परेका व्यक्तिसँग प्रहरीले पाँच किलो ४५० ग्राम अफिम बरामद गरेको हो। पक्राउ पर्नेमा जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० निवासी ४६ वर्षीय जयबहादुर बस्नेत रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधिरराज शाहीका अनुसार अफिम कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले निरन्तर निगरानी र गोप्य अनुसन्धान चलाएको थियो। सोही क्रममा बस्नेतलाई ठूलो परिमाणको अफिमसहित समात्न प्रहरी सफल भएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा बस्नेतले आफैँ अफिम उत्पादन गरेर बिक्रीवितरण गर्दै आएको बयान दिएका छन्। बरामद अफिमको स्थानीय बजार मूल्य झण्डै ८ लाख ८६ हजार रुपैयाँ आँकलन गरिएको छ भने पक्राउ परेका बस्नेतले उक्त अफिम भारत पुर्‍याउन सके मूल्य ५ करोड रुपैयाँसम्म पुग्ने दाबी गरेका छन्।

अफिम ओसारपसारमा संलग्न व्यक्ति पक्राउ परेपनि मुख्य कारोबारी भने अझै फरार रहेको प्रहरीले जनाएको छ। अहिले प्रहरी फरार व्यक्तिको खोजीमा थप सक्रिय भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...