News Portal

किराना पसलभित्रै लुकेको अर्बौंको क्रिप्टो कारोबार : हुण्डी र वन्यजन्तुका अवैध कारोबार पनि खुल्यो

३६९ पटक

काठमाडौं, असार २६ – ललितपुरको सानेपास्थित एक सामान्य देखिने किराना पसलबाट करोडौंको अवैध कारोबारको जालो फेला परेको छ। सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले राजतीर्थ किराना पसलमा अचानक छापा हानेपछि रूपेशकुमार गुप्ता र उनका सहकर्मी विपिनकुमार गुप्ता झस्किए।

नीलो सुट–पाइन्टमा सिआइबीका अनुसन्धानकर्ताहरू पसलभित्र छिर्दा रूपेश र विपिनलाई सुरुमा केही थाहा भएन। तर केहीबेरमै प्रहरीले पसलको चप्पा–चप्पा खानतलासी गरी पाँचवटा मोबाइल, आठ लाख २० हजार नेपाली रुपैयाँ, १० हजार भारतीय रुपैयाँ र सिसिटिभी डिभिआर बरामद गर्‍यो।

अनुसन्धानका क्रममा उनीहरू बस्दै आएको घरको माथिल्लो तलाबाट संरक्षित वन्यजन्तु कस्तुरीको विना समेत भेटियो। यहीँबाट प्रहरीले किराना पसलको नाममा लुकेको अवैध कारोबारको रहस्य खुलाएको हो।

सिआइबीका एसएसपी होविन्द्र बोगटीका अनुसार रूपेश र विपिन दुवै भारतको बिहार मोतिहारीका नागरिक हुन्। नेपालमा १५ वर्षअघि आएका रूपेशले किराना पसल खोल्दै आफ्नो कारोबारलाई ‘ढाल’ बनाएर करोडौंको क्रिप्टो कारोबार गरिरहेको खुलेको छ। बरामद मोबाइलमा एक अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार विवरण भेटिएको छ।

गुप्ताले हुण्डीको कारोबार समेत गर्दै आएको पाइएको छ। रकम ग्राहकसम्म पुर्‍याउन उनले आफ्नो सहकर्मी विपिनलाई डेलिभरीको जिम्मा दिने गर्थे। मोबाइल च्याटमा चिनियाँ नागरिकहरूसँग समेत कुराकानी भेटिएकोले यस कारोबारमा विदेशी जालो जोडिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ।

हाल प्रहरीले बरामद सामग्री फरेन्सिक परीक्षणमा पठाएको छ भने बैंक खाताका विवरण पनि संकलन भइरहेको छ। सिआइबीले अभौतिक मुद्रा कारोबार, हुण्डी कारोबार र संरक्षित वन्यजन्तु सम्बन्धी कसुरमा उनीहरूलाई कारबाही अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...