News Portal

सामाजिक सञ्जाल दुरुपयोगविरुद्ध एलिनाको कडा कदम : चारजनाविरुद्ध साइबर ब्युरोमा उजुरी

२९२ पटक

काठमाडौं, असार १६ – गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक व्यवहार गर्नेहरूको विरुद्धमा कडा कदम चालेकी छन्। चरित्र हत्या गर्दै गालीगलौज गर्नेहरूमाथि कानुनी कारबाहीका लागि उनले नेपाल प्रहरीको साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गराएकी हुन्।

हालसम्म उनले चारजनालाई प्रहरीमा जिम्मा लगाइसकेकी छन् भने अझै बाँकी रहेकाहरूलाई पनि कानुनी दायरामा ल्याइने उनको भनाइ छ। पछिल्ला दिनमा एलिना चौहान र समीक्षा अधिकारी दुवै जना सामाजिक सञ्जालमा आफूहरूलाई निरन्तर बदनाम गर्ने व्यक्तिहरूको अकाउन्ट सार्वजनिक गर्दै आएका छन्।

प्रोफाइल सार्वजनिक भएपछि केहीले गल्ती स्वीकार्दै माफी मागेका छन् तर केहीले भने झनै हिम्मत बढाउँदै गालीगलौज जारी राखेपछि एलिनाले साइबर ब्युरोको ढोका ढकढक्याउनुपरेको हो। ‘पटक–पटक चेतावनी दिँदा पनि नमान्ने चारजनाविरुद्ध उजुरी दिएको छु, बाँकीलाई पनि कानुनी प्रक्रियामा लैजानेछु,’ एलिनाले भनिन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...