News Portal

काठमाडौं उपत्यकामा सवारी ठप्प, सर्वसाधारणका लागि प्रहरीले चलायो बस

हिमालीसंचार संवाददाता
२४१ पटक

काठमाडौं, जेठ १९ – गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा यातायात व्यवसायीहरूले सोमबार काठमाडौं उपत्यकाभर सार्वजनिक सवारी साधन ठप्प पारेपछि सर्वसाधारण अत्यन्तै मर्कामा परेका छन्। बिहानैदेखि बस चढ्न नपाएर सडक किनारमै उभिएका यात्रुहरूको पीडा देखेपछि नेपाल प्रहरीले दोहोरो बस सेवा सञ्चालनमा ल्याएको छ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार, राजधानीभित्र अत्यावश्यक यात्राका लागि दुईवटा बस सञ्चालनमा ल्याउने निर्णय गरिएको हो।

“सार्वजनिक सवारी बन्द भएपछि नागरिक हिँडेर गन्तव्य पुग्न बाध्य थिए,” प्रवक्ता थापाले हिमाली सञ्चारसँग भन्नुभयो, “त्यसैले प्रहरीको तर्फबाट तत्काल राहतस्वरूप बस चलाउने निर्णय गरेका छौं।”

सवारी बन्दको असर काठमाडौंका मुख्य सडकहरूमा प्रस्ट देखिएको छ। स्कुल, अस्पताल, कार्यालय जानुपर्नेहरू बिहानैदेखि हैरान परेका थिए। यस्तो मौकामा राइड सेयरिङ सेवाको शुल्क समेत आकस्मिक रूपमा बढेको छ, जसले सर्वसाधारणलाई झनै आर्थिक भार थोपरेको छ। केही मोटरसाइकल चालकहरू अफलाइन सेवा दिँदै यात्रु बोकेको दृश्य पनि देखिएको छ।

यातायात व्यवसायीहरूको आन्दोलनका बीच प्रहरीले चालेको यो कदमले अलिकति भए पनि आम यात्रुहरूलाई राहत मिलेको छ। सडकमा हिँडिरहेका यात्रुहरूको अनुहारमा प्रहरीको बस देखेपछि देखिएको सहजता नै यसको प्रमाण हो।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...