News Portal

गृहपृष्ठ # नेपाल प्रहरी

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अघि बढाउने भएको छ। घटनाको संवेदनशीलता र गम्भीरतालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले केन्द्रीय टोलीको सहयोग...बाँकी

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार नजिक तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रमुख...बाँकी

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट नियन्त्रणमा लिएको छ। निजी सवारीमा वीरगञ्जतर्फ जाँदै गरेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो। प्रहरीले निर्वाचन आचारसंहिता...बाँकी

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले काठमाडौँको चाल्नाखेल क्षेत्रबाट नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीका अनुसार उनलाई...बाँकी

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो लागेको स्थानबाट बाक्लो धुवाँ फैलिएको र आसपास प्रभावित भएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार आगलागीको कारणबारे...बाँकी

रंगेली प्रहरीद्वारा ९ सय केजी गाँजा बरामद

रबिन्द्र बराल/ मोरङ, मंसिर २५ – मोरङको रंगेली–८ स्थित बिजुली अफिसको पश्चिमपट्टि, बीच खेतमा रहेको डुम्रियाको रुख मुनी परालले छोपेर लुकाइएकाे अवस्थामा प्रहरीले ठूलो परिमाणमा गाँजा फेला पारेको छ। बुधबार राति प्राप्त गोप्य सूचनाकाे आधारमा...बाँकी

सिजुवा प्रहरी प्रमुख कैलाश लिम्बु लागुऔषध नियन्त्रणमा सक्रिय

रबिन्द्र बराल/मोरङ, मंसिर १६ – मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले नेपालमा प्रतिबन्धित लागुऔषध ओसारपसार गर्ने व्यक्तिहरूलाई लगातार नियन्त्रणमा लिन थालेको छ। अवैध लागुऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन प्रहरीले आफ्नो क्षेत्रका मुख्य नाकामा निगरानी कडा पारेको छ।...बाँकी

देउवा दम्पत्तीमाथि आक्रमण गर्नेहरूलाई कारबाहीको माग गर्दै नेविसंघको पत्र

काठमाडौं, असोज ३१ — नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले जेनजी आन्दोलनका क्रममा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवामाथि भएको आक्रमणमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न माग गरेको छ।...बाँकी

घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय ई–कमर्स प्लेटफर्मको नाम र ‘टाक्स’ जस्ता शब्द प्रयोग गरी घरै बसेर सजिलै पैसा कमाउन सकिन्छ भनी झुठा आश्वासन दिने प्रवृत्ति...बाँकी

देशभरका कारागारबाट भागेका मध्ये १ हजार ४५५ कैदी पक्राउ,१२ हजार ८५२ अझै फरार

काठमाडौं, भदौ २६ – जेनजी आन्दोलन तीव्र बनेपछि देशभरका कारागारमा भएको तोडफोड र आगजनीका घटनापछि फरार भएका कैदीमध्ये एक हजार ४५५ जनालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका...बाँकी