News Portal

सिजुवा प्रहरी प्रमुख कैलाश लिम्बु लागुऔषध नियन्त्रणमा सक्रिय

२५४ पटक

रबिन्द्र बराल/मोरङ, मंसिर १६ – मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले नेपालमा प्रतिबन्धित लागुऔषध ओसारपसार गर्ने व्यक्तिहरूलाई लगातार नियन्त्रणमा लिन थालेको छ। अवैध लागुऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन प्रहरीले आफ्नो क्षेत्रका मुख्य नाकामा निगरानी कडा पारेको छ।

सिमाक्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय सिजुवा, डोरिया प्रहरी चौकी, सोनापुर प्रहरी चौकी र महादेवा क्षेत्रलाई अत्यन्त संवेदनशील क्षेत्रको रूपमा पहिचान गर्दै नेपाल प्रहरीले त्यहाँ क्याप स्थापना गरेर सतर्कता बढाएको छ। प्रहरीले स्थानीय बुद्धिजीवी र समाजसेवीसँग समन्वय गर्दै संयुक्त रूपमा चेकजाँचलाई थप कडा बनाएको छ।

अभियानअन्तर्गत प्रहरीले उर्लाबारी–१ का दिपेश धिमाल, पूर्णबहादुर जोगी र पथरी शनिश्चरेकी दावा शेर्पालाई पक्राउ गरी आवश्यक कानूनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिमाथि विद्यमान कानुनअनुसार ५ वर्षदेखि १० वर्षसम्म कैद र ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक कैलाश लिम्बुले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...