News Portal

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

२४२ पटक

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार नजिक तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार घाइतेमध्ये केही बेहोस अवस्थामा भेटिएका छन्। उनीहरुलाई तत्काल उपचारका लागि मन्थली र खुर्कोट अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले जानकारी दिए।

बस नदीमा डुबेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको र सुरक्षाकर्मीले निरन्तर खोजी तथा उद्धार अभियान जारी राखेको जनाइएको छ। घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ।

प्रदेश ३–०१–९९५ख९९७५ नम्बरको बसमा सवार यात्रुको संख्या अझै स्पष्ट नभए पनि प्रारम्भिक विवरणअनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जनाले टिकट काटेका थिए। चालक, सहचालक र व्यवसायीसहित बाटोबाट चढेका यात्रु गरी करिब १३ जना रहेको अनुमान गरिएको छ।

घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...