News Portal

  • देउवा दम्पत्तीमाथि आक्रमण गर्नेहरूलाई कारबाहीको माग गर्दै नेविसंघको पत्र

    ११८ पटक

    काठमाडौं, असोज ३१ — नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले जेनजी आन्दोलनका क्रममा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवामाथि भएको आक्रमणमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न माग गरेको छ।

    शुक्रबार नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङलाई बुझाइएको १० बुँदे ज्ञापनपत्रमार्फत नेविसंघले उक्त माग राखेको हो। नेविसंघका अनुसार देउवा दम्पत्तीमाथि गरिएको आक्रमण कुनै आकस्मिक घटना नभई योजनाबद्ध रूपमा गरिएको साङ्घातिक कार्य हो, जसका दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता छ।

    संगठनले आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूलाई समेत अनुसन्धान गरी आवश्यक कारबाही गर्न राज्यसँग आग्रह गरेको छ। साथै, सुरक्षाकर्मीहरूको मनोबल घट्ने अवस्था नआओस् भन्दै नेविसंघले नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न सरकारको नैतिक जिम्मेवारी रहेको जनाएको छ।

    नेविसंघले फौजदारी अपराधमा संलग्न जोसुकै व्यक्तिलाई निष्पक्ष छानबिनमार्फत कानुनी दायरामा ल्याउनुपर्ने स्पष्ट माग गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २५ गतेको राशिफल

    आज मंसिर २५, २०८२ (डिसेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रामनाथ अधिकारीले गरे निर्वाचन नलड्ने घोषणा

    धादिङ, — नेपाली कांग्रेस धादिङका सभापति तथा निवर्तमान प्रतिनिधि सभाका सदस्य, साथै नेपाल सरकारका पूर्व...

    यात्री समाज कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न

    कुवेत, कुवेतकाे खैतानस्थित राजधानी होटलमा यात्री समाज कुवेतको दोस्रो वार्षिक उत्सव तथा प्रथम अधिवेशन उत्साहपूर्ण...

    गगन थापा चार जिल्लाबाट सिफारिस, काठमाडौं–४ नै थापाको पहिलो रोजाइ

    काठमाडौँ, मंसिर २४ – आगामी संघीय निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चार जिल्लाबाट...

    बहुविवाह मामिलामा डीएसपी मधु नेपाल पक्राउ, तीन दिनको म्याद थप

    बुटवल, मंसिर २४ – बहुविवाहको आरोपमा नवलपरासी पूर्वमा कार्यरत प्रहरी नायब उपरीक्षक मधु नेपाललाई रुपन्देही...