News Portal

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

२३७ पटक

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले काठमाडौँको चाल्नाखेल क्षेत्रबाट नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीका अनुसार उनलाई पक्राउ गरिएको पुष्टि भए पनि कुन अभियोगमा नियन्त्रणमा लिइएको हो भन्नेबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।

यसअघि प्रसाईं सार्वजनिक शान्ति सम्बन्धी मुद्दामा माघ ५ गते पोखराबाट पक्राउ परेका थिए र माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए। पछिल्लो समय उनले नेपाली कांग्रेसको विशेष महाधिवेशन र निर्वाचन प्रक्रियाबारे सार्वजनिक रूपमा विभिन्न अभिव्यक्ति दिएका थिए। सोही विषयमा निर्वाचन आयोगले अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको स्रोतले जनाएको छ।

घटनाबारे थप विवरण संकलन भइरहेको र अनुसन्धानपछि मात्रै स्पष्ट जानकारी आउने प्रहरीले बताएको

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...