News Portal

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

१६० पटक

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट नियन्त्रणमा लिएको छ। निजी सवारीमा वीरगञ्जतर्फ जाँदै गरेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो।

प्रहरीले निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी र निर्वाचन आयोगको पत्रका आधारमा कारबाही गरिएको जनाएको छ। केन्द्रीय साइबर ब्यूरोका अनुसार प्रसाईंमाथि साइबर तथा निर्वाचनसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

सुरक्षा स्रोतका अनुसार पक्राउ हुनुभन्दा अघिल्लो रात प्रसाईंले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग करिब तीन घण्टा लामो भेटवार्ता गरेका थिए। त्यसपछि वीरगञ्जमा आयोजना गर्न लागेको कार्यक्रमले चुनाव प्रभावित हुनसक्ने सूचना पाएपछि प्रशासनले निगरानी बढाएको थियो। सोही क्रममा उनलाई बाटोमै नियन्त्रणमा लिइएको हो।

पछिल्लो समय प्रसाईंले निर्वाचन रोक्नुपर्ने र हिन्दू अधिराज्य स्थापनाको पक्षमा अभिव्यक्ति दिँदै आएका थिए। यसअघि पनि विवादास्पद भनाइका कारण उनी पक्राउ परिसकेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...