News Portal

  • गृहपृष्ठ # सडक दुर्घटना

    उदयपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु

    उदयपुरगढी गाउँपालिका-७ अँधेरीस्थित सडक खण्डमा बिहीबार बिहान भएको ट्रक दुर्घटनामा एकजनाको ज्यान गएको छ। प्राप्त जानकारीअनुसार काठमाडौँबाट इटहरीतर्फ गइरहेको ट्रक अनियन्त्रित भई सडकबाट तल खस्दा त्रियुगा नगरपालिका-४ बगाहाका ३५ वर्षीय चालक जीवन विश्वकर्मा गम्भीर घाइते...बाँकी

    दाङमा अटो दुर्घटना, चार जना घाइते

    दाङ, साउन १४ – दंगीशरण गाउँपालिका–२ मधपुरमा बुधबार बिहान भएको अटो दुर्घटनामा चार जना घाइते भएका छन्। कौवाघारीबाट गोल्टाकुरी जाँदै गरेको अटो अनियन्त्रित भई सडकबाट करिब तीन मिटर तल नालामा खस्दा दुर्घटना भएको हो। दुर्घटनामा...बाँकी

    चितवनतर्फ जाँदै गरेको ट्याक्सी धार्केमा दुर्घटना, एकै परिवारका पाँचसहित ६ जना घाइते

    काठमाडौं, साउन १२ – काठमाडौंबाट चितवनतर्फ गइरहेको ट्याक्सी सीतापाइला–धार्के सडक खण्डमा सोमबार बिहान दुर्घटनामा परेको छ। धुनिवेशी नगरपालिका–५ कुमाइखोलाको मोडमा पुग्नेबित्तिकै बा २ ज २९९५ नम्बरको उक्त ट्याक्सी सडकबाट झरेर करिब ५ मिटर तल खसेको...बाँकी

    मुग्लिन सडकमा पहिरोको चपेटामा भारतीय सवारी : तीन जना यात्रु घाइते

    चितवन, साउन ४ – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आइतबार दिउँसो माथिबाट खसेको ढुंगा एक चलिरहेको सवारीसाधनमाथि खस्दा भारतका तीन नागरिक घाइते भएका छन्। इच्छाकामना गाउँपालिका–५ मा अवस्थित तुइन खोला नजिक करिब २:२५ बजेको समयमा युपी...बाँकी

    अमेरिकामा सडक दुर्घटनामा परी २ नेपाली विद्यार्थीको मृत्यु

    लुइसियाना, असार ३१ – अमेरिकाको लुइसियाना राज्यमा सडक दुर्घटनामा परेर दुई जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् भने अन्य दुई घाइते भएका छन्। लुइसियाना टेक युनिभर्सिटीमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन...बाँकी

    महोत्तरीमा टिपरको ठक्करले १७ वर्षीय युवकको ज्यान गयो, एक गम्भीर अवस्थामा अस्पतालमा

    महोत्तरी, असार १६ – बर्दिबास–जलेश्वर सडक खण्डमा टिपरको ठक्करले एक युवकको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र भट्टका अनुसार दुर्घटनामा लोहारपट्टी नगरपालिका–१ बगराका १७...बाँकी

    दर्वेशामा दुर्घटना हुँदा केदारको मृत्यु, राजन घाइते

    मोरङ, असार १० – रङ्गेली–कानेपोखरी सडकखण्ड अन्तर्गत दर्वेशा चोक नजिकै ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक रङ्गेली नगरपालिका–१ बबिया बस्ने ३२ वर्षीय केदार न्यौपानेको मृत्यु भएको छ। प्रदेश १-०२-००३-२८५६ नम्बरको ट्याक्टर खेत जोतेर फर्किने क्रममा कानेपोखरीबाट रङ्गेली...बाँकी

    गौशालामा आठ सवारी ठोक्किँदा आठ जना घाइते, बस चालक फरार

    काठमाडौं, जेठ ७ – काठमाडौंको व्यस्त क्षेत्र गौशालामा बुधबार दिउँसो एक आपसमा ठोक्किँदै आठवटा सवारी साधन दुर्घटनामा परेका छन्। दुर्घटना दोपहर करिब १२ बजेतिर भएको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार बाबा गोकर्णेश्वर यातायातको बा...बाँकी