News Portal

उदयपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु

३९४ पटक

उदयपुरगढी गाउँपालिका-७ अँधेरीस्थित सडक खण्डमा बिहीबार बिहान भएको ट्रक दुर्घटनामा एकजनाको ज्यान गएको छ।

प्राप्त जानकारीअनुसार काठमाडौँबाट इटहरीतर्फ गइरहेको ट्रक अनियन्त्रित भई सडकबाट तल खस्दा त्रियुगा नगरपालिका-४ बगाहाका ३५ वर्षीय चालक जीवन विश्वकर्मा गम्भीर घाइते भएका थिए। घाइते विश्वकर्मालाई तत्काल उद्धार गरी जिल्ला अस्पताल उदयपुर लगिएको थियो। तर उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

दुर्घटनाको कारण प्रारम्भिक रूपमा स्पष्ट नभएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...