News Portal

धादिङ बस दुर्घटनामा १८ को मृत्यु, २३ घाइते काठमाडौंमा उपचाररत

१४५ पटक

काठमाडौं, ११ फागुन – धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा क्षेत्रमा आइतबार राति भएको बस दुर्घटनामा १८ जनाको ज्यान गएको छ। पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको पृथ्वी यातायात व्यवसायी समितिको ग२ख १४२१ नम्बरको बस त्रिशूली नदी किनारमा खसेको थियो। घटनास्थलमै १७ जनाको मृत्यु भएको र एक जनाको उपचारका क्रममा ट्रमा सेन्टरमा ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका २३ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ। तीमध्ये १५ जना ट्रमा सेन्टर र १० जना कलंकीस्थित नेशनल अस्पतालमा उपचाररत छन्।

ट्रमा सेन्टरमा उपचाररत

  1. मिसि हाउ (२२, चिनियाँ नागरिक)
  2. एन्जि शेर्पा (४८, बौद्ध)
  3. सोमप्रसाद मल्ल (४५, तनहुँ)
  4. बिपिन मानन्धर (३०, झापा)
  5. पूजा फुयाल (२८, गोकर्ण)
  6. सचिन्द्र सुनार (२६, स्याङ्जा)
  7. प्रदीप लामिछाने (कास्की)
  8. नोर्बु पाल्देन (बौद्ध)
  9. शोर्णिमा खत्री (कपन)
  10. सलिना परियार (१९, कास्की)
  11. मानबहादुर थापा (४४, तनहुँ)
  12. लंसाङ्गोले लामा (४८, बौद्ध)
  13. सदिक्षा हमाल (१९, तनहुँ)
  14. कृतिराज मानन्धर (४०, झापा)
  15. ३२ वर्षीय पुरुष (नाम नखुलेको, उपचारका क्रममा मृत्यु)

नेशनल अस्पतालमा उपचाररत

  1. राजेश कुँवर (३३, सितापाइला)
  2. सुबिन मल्ल (१८, तनहुँ)
  3. प्रतिभा पौडेल (३५, कास्की)
  4. चन्द्र आशीष फुँयाल (२३, देवीनगर)
  5. संगम मल्ल (१९, बालाजु)
  6. प्रमिला भट्टराई (३९, कास्की)
  7. डम्मरबहादुर बि.क. (६४, स्याङ्जा)
  8. कृष्ण तिवारी (२५, कलंकी)
  9. सुनम गुरुङ (२०, कास्की)
  10. राजेन्द्र बिसुन्के (३६, धादिङ)

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...