News Portal

अमेरिकामा सडक दुर्घटनामा परी २ नेपाली विद्यार्थीको मृत्यु

१९४ पटक

लुइसियाना, असार ३१ – अमेरिकाको लुइसियाना राज्यमा सडक दुर्घटनामा परेर दुई जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् भने अन्य दुई घाइते भएका छन्। लुइसियाना टेक युनिभर्सिटीमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको गत जुलाई १३ गते दुर्घटनामा परेर मृत्यु भएको हो।

लुइसियाना स्टेट पुलिसका अनुसार सोही विश्वविद्यालयमा अध्ययनरत यादवले चलाइरहेको होन्डा अकर्ड कार यूएस हाइवे ८० मा अनियन्त्रित भई सडकबाट बाहिरिएर ठूलो रुखमा ठोक्किएको थियो। ठोक्किएलगत्तै कारमा आगलागी भएको बताइएको छ।

घटनास्थलमै दुवै जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। कारमा सवार अन्य दुई जना घाइते भएका छन् र उनीहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान अगाडि बढाएको र टक्सिकोलोजी परीक्षणका लागि नमुना संकलन गरिएको जनाएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा भीषण वर्षा भइरहेकोले सडक चिप्लिएको र गाडी नियन्त्रण बाहिर गएको प्रारम्भिक अनुमान गरिएको छ। मृतकहरूले सिट बेल्ट लगाएका थिए वा थिएनन् भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

यस दुःखद घटनापछि लुइसियाना टेक युनिभर्सिटीले एक शोक वक्तव्य जारी गर्दै विद्यार्थीहरूको असामयिक निधनले विश्वविद्यालय परिवार शोकमा डुबेको जनाएको छ। विश्वविद्यालयका अध्यक्ष जिम हेन्डरसनले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...