News Portal

गृहपृष्ठ # धादिङ

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब ५० करोड रुपैयाँको लगानीमा फ्रेन्च फ्राई उद्योग निर्माण भइरहेको छ। यसले स्थानीय स्तरमा कृषि उत्पादन र औद्योगिक विकासलाई सँगसँगै अघि...बाँकी

गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स धादिङको नौबिसेमा दुर्घटना

धादिङ, कार्तिक १३ — गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स काठमाडौँबाट फर्किने क्रममा धादिङको नौबिसेमा दुर्घटना भएको छ। दुर्घटनामा एम्बुलेन्स चालक सुरेन्द्र बुढाथोकीसहित तीन जनालाई सामान्य चोट लागेको छ। स्थानीय स्रोतका अनुसार एम्बुलेन्स गाउँ फर्किँदै गर्दा दुर्घटना...बाँकी

गंगाजमुना माईको मेला कार्तिक १४ गते आयोजना हुने

धादिङ, कार्तिक १० – गंगाजमुना गाउँपालिका–५, ढाँडखर्कमा रहेको गंगाजमुना माईको मेला यस वर्ष कार्तिक १४ गते आयोजना हुने भएको छ। गंगाजमुना माई मेला २०८२ भक्तजनहरूको आगमनको प्रतीक्षामा छ। गाउँपालिकाले यस धार्मिक स्थलको संरक्षण र व्यवस्थापनमा...बाँकी

धादिङमा श्रीमतीको हत्या गराउन खोज्दा आफैं मारिए

धादिङ, वैशाख २१ – गजुरी गाउँपालिका–२ डुँडेठाँटीमा घटेको एक अकल्पनीय घटनाले अहिले सबैको ध्यान खिचेको छ। आफ्नै श्रीमतीको हत्या गराउन चार लाख रुपैयाँको सुपारी दिएको व्यक्तिको अन्ततः आफ्नै ज्यान गएको छ। प्रहरी अनुसन्धानअनुसार ६० वर्षीय...बाँकी

समाजवादी मोर्चाको प्रदर्शनपछि धादिङ-गंगजमुना सम्पर्क समितिद्वारा सरसफाई

चैत्र १५, काठमाडौं – भृकुटीमण्डपमा सम्पन्न समाजवादी मोर्चाको प्रदर्शनपछि धादिङ, गंगजमुना काठमाडौं सम्पर्क समन्वय समितिले विभिन्न स्थानमा सरसफाई गरेको छ। समितिका अध्यक्ष उत्तम सिंखडाको नेतृत्वमा दरबारमार्ग, भृकुटीमण्डप, जमल, त्रिपुरेश्वर, आरएनसीलगायत क्षेत्रहरूमा सरसफाई गरिएको हो। समाजवादी...बाँकी

प्रहरीले होटल अगाडि पार्किङ मोटरसाइकल चोरी गर्ने युवकलाई नियन्त्रणमा लियो

५ फागुन, काठमाडौँ – होटल अगाडि पार्किङ गरिएको मोटरसाइकल चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने युवकको पहिचान २८ वर्षीय सुरज गुरुङको रूपमा भएको छ, जो धादिङको गंगाजमुना गाउँपालिका-९ का निवासी हुन्।...बाँकी

गङ्गाजमुना गाउँपालिका वडा नं ५ फूलखर्क भदौरे स्थित ठोट्नेपानी सुधार सम्भार मर्मत तथा गुरु योजनाको तयारी 

फाल्गुन ४, धादिङ – फूलखर्क (साविक वडा नम्बर १)फूलखर्कको जग्गाको क्षेत्रफल कति छ भन्ने कुरा रेखाङ्कन, सम्बर्धन, संरक्षण, र समृद्ध विकास गर्न अति आवश्यक छ। यो क्षेत्र पूर्वमा हालको गङ्गाजमुना गाउँपालिकाको १ नं वडा (...बाँकी

त्रिशूली जाँदै गरेको ग्यास बोक्ने गाडीमा लिक, राजमार्ग बन्द

फाल्गुन २, धादिङ – काठमाडौंबाट त्रिशूलीतर्फ गइरहेको ग्यास बोक्ने गाडीमा अमोनिया ग्यास लिक भएपछि पृथ्वी राजमार्गको दुबै तर्फको बाटो अवरूद्ध गरिएको छ। धुनीवेशी नगरपालिका-९ बाहुनडाँडामा पुगेपछि गाडीमा रहेको एमोनिया ग्यासको सिलिन्डर लिक भएको पुष्टि भएको...बाँकी

फुलखर्क कल्याणकारी समाजले आफ्नो कार्यालय उद्घाटन गरेलगत्तै विजुली मर्मत तालिम सम्पन्न

माघ ३०, धादिङ – गंगाजमुना गाउँपालिका वडा नं. ५ फुलखर्कलाई कार्यक्षेत्र बनाएर सक्रिय रूपमा सामाजिक गतिविधि गरिरहेको फुलखर्क कल्याणकारी समाजले जिल्ला समन्वय प्रमुखबाट रिबन काटी विधिवत रूपमा आफ्नो कार्यालयको उद्घाटन गरेको छ। संस्थाका अध्यक्ष भिष्मराज...बाँकी

विभिन्न स्थानमा सवारी दुर्घटना, पाँचजनाको मृत्यु

माघ २५, काठमाडौं – देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका छन् । कैलाली, कालिकोट, सिन्धुली, धादिङ र झापामा भएका दुर्घटनाहरूमा अन्य केही घाइते भएका छन् भने सुरक्षाकर्मीले दुर्घटनाका सम्बन्धमा अनुसन्धान...बाँकी