News Portal

विभिन्न स्थानमा सवारी दुर्घटना, पाँचजनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका छन् ।

संगीता गुरुङ
२६० पटक

माघ २५, काठमाडौं – देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका छन् । कैलाली, कालिकोट, सिन्धुली, धादिङ र झापामा भएका दुर्घटनाहरूमा अन्य केही घाइते भएका छन् भने सुरक्षाकर्मीले दुर्घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको छ।

कैलालीको जोशीपुर गाउँपालिका-५, मैनपोखरी नहर नजिक भएको ट्याक्टर दुर्घटनामा परी ५८ वर्षीया रामपति थरूनीको मृत्यु भएको छ। ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको हो। प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।

कालिकोटको नरहरिनाथ गाउँपालिका-९ छिप्पे खोलामा मिनी ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा ४५ वर्षीय गंगा देउवाको मृत्यु भएको छ। बिहीबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका देउवाको उपचारका क्रममा बाटोमै मृत्यु भएको हो। प्रहरीका अनुसार ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका-५ स्थित सडकमा एक इभी गाडी अनियन्त्रित भई करिब ४०० मिटर तल खस्दा चालकको मृत्यु भएको छ। शुक्रबार बिहान भएको घटनामा अन्य पाँच जना यात्रु घाइते भएका छन्, जसको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ चरौँदीमा बिहीबार राति कार र अर्को गाडी आपसमा ठोक्किँदा ५३ वर्षीया लक्ष्मी श्रेष्ठको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका-१६ निवासी श्रेष्ठ कारमा सवार थिइन्। दुर्घटनापछि गम्भीर घाइते भएकी उनलाई राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँ लगिएको थियो, तर उपचारकै क्रममा उनको निधन भएको हो। दुर्घटनामा घाइते अन्य दुई जनाको ट्रमा सेन्टरमै उपचार भइरहेको छ। प्रहरी फरार गाडी चालकको खोजी गरिरहेको छ।

झापाको बिर्तामोड नगरपालिका-२ चारपानेस्थित सडकमा अज्ञात सवारी साधनको ठक्करबाट ६५ वर्षीया चन्द्रकला राईको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका-६ जलकन्याका स्थायी बासिन्दा रहेकी राई गम्भीर घाइते भएपछि उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको हो। प्रहरी फरार सवारीको खोजी गरिरहेको छ।

प्रहरीका अनुसार सबै दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...