News Portal

फुलखर्क कल्याणकारी समाजले आफ्नो कार्यालय उद्घाटन गरेलगत्तै विजुली मर्मत तालिम सम्पन्न

फुलखर्क कल्याणकारी समाजले आफ्नो कार्यालय उद्घाटन गरेलगत्तै विजुली मर्मत तालिम सम्पन्न गरेको छ।

संगीता गुरुङ
५९७ पटक

माघ ३०, धादिङ – गंगाजमुना गाउँपालिका वडा नं. ५ फुलखर्कलाई कार्यक्षेत्र बनाएर सक्रिय रूपमा सामाजिक गतिविधि गरिरहेको फुलखर्क कल्याणकारी समाजले जिल्ला समन्वय प्रमुखबाट रिबन काटी विधिवत रूपमा आफ्नो कार्यालयको उद्घाटन गरेको छ। संस्थाका अध्यक्ष भिष्मराज नेपालको निवासमा रहेको उक्त कार्यालय उद्घाटन कार्यक्रममा सोही पालिकाका पूर्व अध्यक्ष बलबहादुर अधिकारी, वडा अध्यक्ष एवं पालिका प्रवक्ता कुमारबहादुर अधिकारी, नेपाली कांग्रेस धादिङका उपसभापति दलबहादुर अधिकारी, समाजका सल्लाहकार चन्द्रबहादुर थापा, पूर्व अध्यक्ष रामकुमार अधिकारी, स्थानीय जनप्रतिनिधिहरू एवं अग्रज व्यक्तित्वहरू, साथै संस्थाका पदाधिकारी तथा कार्यसमितिको बाक्लो उपस्थिति रहेको थियो।

उक्त कार्यालयको लागि यसै संस्थाका अध्यक्ष र परिवारले आफ्नो घरको १४×१६ को सटर कोठा संस्था र घर रहुञ्जेल निःशुल्क रूपमा दिने घोषणा गरेका छन्। साथै, उक्त कार्यालयका लागि एक लाख तीस हजार बराबरको कम्प्युटर र अफिस फर्निचर सहितका सामग्री हस्तान्तरण गरिएको थियो।

राजनीति, पर्यटन तथा शैक्षिक क्षेत्रमा बलियो उपस्थिति रहेको धार्मिक पर्यटकीय नगरी गंगाजमुना गाउँपालिकामा स्थानीय निकायको सक्रियतामा विकास निर्माण तीव्र गतिमा भइरहेको छ। मन्तव्यको क्रममा जिल्ला समन्वय प्रमुख नवराज अधिकारीले आफ्ना मातहतमा धेरै योजनाहरू भए पनि स्थानीय निकायहरूबाट समन्वय हुन नसकेको बताए। त्यसैगरी, कांग्रेस नेता दलबहादुर अधिकारीले आफ्नो चाहना पालिकामा वृद्धाश्रम निर्माण गर्ने रहेको र यस विषयमा गृहकार्य अगाडि बढाइरहेको बताए।

कार्यक्रमको दोस्रो र तेस्रो दिन फुलखर्क कल्याणकारी समाजको आयोजनामा दुई दिने विजुली मर्मत तालिम संचालन भएको थियो। उक्त कार्यक्रम वडाको सक्रियतामा २२ जना पालिका भित्रका स्थानीय युवाहरू संलग्न भएका थिए। तालिममा शिक्षक (ट्रेनर) नवराज सुवेदीले प्रशिक्षण दिएर तालिम अनुरूपको प्रमाणपत्र वितरण गरिएको थियो। यसअघि पनि वडामार्फत थुप्रै यस्ता तालिमहरू संचालन गरिसकेको विषयमा वडा अध्यक्ष कुमारबहादुर अधिकारीले मन्तव्य राखेका थिए।

दिनदिनै युवाहरू शहरी क्षेत्र हुँदै विदेश पलायन भइरहेका वर्तमान अवस्थामा यी र यस्ता सीपमूलक तालिमबाट स्वरोजगारी बढ्ने र पालिकाभित्रै रोजगारी एवं आत्मनिर्भरता वृद्धि हुने विषयमा समाजका सल्लाहकार चन्द्रबहादुर थापाले जानकारी गराएका थिए।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...