News Portal

  • फुलखर्क कल्याणकारी समाजले आफ्नो कार्यालय उद्घाटन गरेलगत्तै विजुली मर्मत तालिम सम्पन्न

    फुलखर्क कल्याणकारी समाजले आफ्नो कार्यालय उद्घाटन गरेलगत्तै विजुली मर्मत तालिम सम्पन्न गरेको छ।

    संगीता गुरुङ
    ४४० पटक

    माघ ३०, धादिङ – गंगाजमुना गाउँपालिका वडा नं. ५ फुलखर्कलाई कार्यक्षेत्र बनाएर सक्रिय रूपमा सामाजिक गतिविधि गरिरहेको फुलखर्क कल्याणकारी समाजले जिल्ला समन्वय प्रमुखबाट रिबन काटी विधिवत रूपमा आफ्नो कार्यालयको उद्घाटन गरेको छ। संस्थाका अध्यक्ष भिष्मराज नेपालको निवासमा रहेको उक्त कार्यालय उद्घाटन कार्यक्रममा सोही पालिकाका पूर्व अध्यक्ष बलबहादुर अधिकारी, वडा अध्यक्ष एवं पालिका प्रवक्ता कुमारबहादुर अधिकारी, नेपाली कांग्रेस धादिङका उपसभापति दलबहादुर अधिकारी, समाजका सल्लाहकार चन्द्रबहादुर थापा, पूर्व अध्यक्ष रामकुमार अधिकारी, स्थानीय जनप्रतिनिधिहरू एवं अग्रज व्यक्तित्वहरू, साथै संस्थाका पदाधिकारी तथा कार्यसमितिको बाक्लो उपस्थिति रहेको थियो।

    उक्त कार्यालयको लागि यसै संस्थाका अध्यक्ष र परिवारले आफ्नो घरको १४×१६ को सटर कोठा संस्था र घर रहुञ्जेल निःशुल्क रूपमा दिने घोषणा गरेका छन्। साथै, उक्त कार्यालयका लागि एक लाख तीस हजार बराबरको कम्प्युटर र अफिस फर्निचर सहितका सामग्री हस्तान्तरण गरिएको थियो।

    राजनीति, पर्यटन तथा शैक्षिक क्षेत्रमा बलियो उपस्थिति रहेको धार्मिक पर्यटकीय नगरी गंगाजमुना गाउँपालिकामा स्थानीय निकायको सक्रियतामा विकास निर्माण तीव्र गतिमा भइरहेको छ। मन्तव्यको क्रममा जिल्ला समन्वय प्रमुख नवराज अधिकारीले आफ्ना मातहतमा धेरै योजनाहरू भए पनि स्थानीय निकायहरूबाट समन्वय हुन नसकेको बताए। त्यसैगरी, कांग्रेस नेता दलबहादुर अधिकारीले आफ्नो चाहना पालिकामा वृद्धाश्रम निर्माण गर्ने रहेको र यस विषयमा गृहकार्य अगाडि बढाइरहेको बताए।

    कार्यक्रमको दोस्रो र तेस्रो दिन फुलखर्क कल्याणकारी समाजको आयोजनामा दुई दिने विजुली मर्मत तालिम संचालन भएको थियो। उक्त कार्यक्रम वडाको सक्रियतामा २२ जना पालिका भित्रका स्थानीय युवाहरू संलग्न भएका थिए। तालिममा शिक्षक (ट्रेनर) नवराज सुवेदीले प्रशिक्षण दिएर तालिम अनुरूपको प्रमाणपत्र वितरण गरिएको थियो। यसअघि पनि वडामार्फत थुप्रै यस्ता तालिमहरू संचालन गरिसकेको विषयमा वडा अध्यक्ष कुमारबहादुर अधिकारीले मन्तव्य राखेका थिए।

    दिनदिनै युवाहरू शहरी क्षेत्र हुँदै विदेश पलायन भइरहेका वर्तमान अवस्थामा यी र यस्ता सीपमूलक तालिमबाट स्वरोजगारी बढ्ने र पालिकाभित्रै रोजगारी एवं आत्मनिर्भरता वृद्धि हुने विषयमा समाजका सल्लाहकार चन्द्रबहादुर थापाले जानकारी गराएका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...

    बलिउडका दिग्गज धर्मेन्द्र देओलको निधन, ८९ वर्षको उमेरमा अन्तिम बिदा

    मुम्बई, कार्तिक २५ – बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...

    २२ दिनदेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध, मोबाइल बैङ्किङ प्रयोगकर्ता समस्यामा

    हिक्मत आचार्य/काठमाडौँ। तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध हुँदा ग्राहक ठुलो मर्कामा परेका...

    आज २०८२ साल कार्तिक २५ गतेको राशिफल

    आज कार्तिक २५, २०८२ (नोभेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...