News Portal

धादिङमा श्रीमतीको हत्या गराउन खोज्दा आफैं मारिए

हिमालीसंचार संवाददाता
३८५ पटक

धादिङ, वैशाख २१ – गजुरी गाउँपालिका–२ डुँडेठाँटीमा घटेको एक अकल्पनीय घटनाले अहिले सबैको ध्यान खिचेको छ। आफ्नै श्रीमतीको हत्या गराउन चार लाख रुपैयाँको सुपारी दिएको व्यक्तिको अन्ततः आफ्नै ज्यान गएको छ।

प्रहरी अनुसन्धानअनुसार ६० वर्षीय चुडामणि कँडेलले श्रीमतीसँगको पुरानो रिसिबी र झगडाको कारणले उनलाई मार्न योजना बनाएका थिए। सोही अनुसार उनले नजिकै बस्ने चिनजानकै अक्कलबहादुर प्रजा (३६), पृथलाल थिङ (२५) र सञ्चलाल मुक्ता (२७) सँग मिलेर योजना बनाएका थिए।

चैत महिनाको दोस्रो सातामा हत्या योजनाबारे सहमति जुटेको थियो। चुडामणिले श्रीमती मारिदिएबापत चार लाख रुपैयाँ दिने बताएका थिए। प्रहरीका अनुसार अक्कलबहादुरले त्यो सुपारी लिएर साथीहरूलाई पनि योजनामा सामेल गराएका थिए।

तर, योजना अनुसार श्रीमतीको हत्या गर्न उनीहरू असफल भए। पटक–पटक प्रयास गरे पनि हत्या गर्न नसकेपछि चुडामणिले पैसा फिर्ता माग्न थाले। यही पैसा फिर्ताको झगडाले अन्ततः उनले आफ्नै ज्यान गुमाउनुपर्‍यो।

चैत २४ गते राति तीनै जनाले मिलेर चुडामणिको घाँटी डोरीले कसेर हत्या गरे। हत्या भएको तीन दिनपछि, चैत २७ गते राति प्रहरी टोली सूचना पाएर घर पुगेको थियो। घरको तल्लो तलाको शौचालयभित्र चुडामणिको शव फेला परेको थियो।

शरीरमा गम्भीर चोटहरू देखिएकोले हत्या योजनाबद्ध तरिकाले भएको पुष्टि हुन्छ। डोरी कसेर मात्र नभई थप प्रहारसमेत गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी, बागमती प्रदेश प्रहरी र तालिम प्राप्त कुकुरसहितको टोली खटिएर अनुसन्धान अघि बढाइएको थियो।

घटनामा प्रयोग भएको डोरी, कोदालो, मृतकको मोबाइलको फुटेका टुक्रा, तथा सुपारीको रकमबाट किनेको ब्रान्डेड कपडा र जुत्ता समेत प्रहरीले बरामद गरेको छ।

प्रहरीका अनुसार अक्कलबहादुर र चुडामणि पुराना साथी थिए। अक्कलबहादुर सधैँ घर आउजाउ गर्ने, खानेबस्ने व्यक्ति थिए। तर, विश्वासघातको परिणति यस्तो भयावह ढंगले निस्किएला भन्ने कसैलाई कल्पना थिएन।

धादिङको यो घटना केवल एउटा अपराध कथा मात्र होइन, यो हो— क्रोध, बदला र हिंसाको बाटो रोज्दा मानिस कहाँ पुग्छ भन्ने चेतावनीपुर्ण उदाहरण।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...