News Portal

धादिङमा श्रीमतीको हत्या गराउन खोज्दा आफैं मारिए

हिमालीसंचार संवाददाता
३२० पटक

धादिङ, वैशाख २१ – गजुरी गाउँपालिका–२ डुँडेठाँटीमा घटेको एक अकल्पनीय घटनाले अहिले सबैको ध्यान खिचेको छ। आफ्नै श्रीमतीको हत्या गराउन चार लाख रुपैयाँको सुपारी दिएको व्यक्तिको अन्ततः आफ्नै ज्यान गएको छ।

प्रहरी अनुसन्धानअनुसार ६० वर्षीय चुडामणि कँडेलले श्रीमतीसँगको पुरानो रिसिबी र झगडाको कारणले उनलाई मार्न योजना बनाएका थिए। सोही अनुसार उनले नजिकै बस्ने चिनजानकै अक्कलबहादुर प्रजा (३६), पृथलाल थिङ (२५) र सञ्चलाल मुक्ता (२७) सँग मिलेर योजना बनाएका थिए।

चैत महिनाको दोस्रो सातामा हत्या योजनाबारे सहमति जुटेको थियो। चुडामणिले श्रीमती मारिदिएबापत चार लाख रुपैयाँ दिने बताएका थिए। प्रहरीका अनुसार अक्कलबहादुरले त्यो सुपारी लिएर साथीहरूलाई पनि योजनामा सामेल गराएका थिए।

तर, योजना अनुसार श्रीमतीको हत्या गर्न उनीहरू असफल भए। पटक–पटक प्रयास गरे पनि हत्या गर्न नसकेपछि चुडामणिले पैसा फिर्ता माग्न थाले। यही पैसा फिर्ताको झगडाले अन्ततः उनले आफ्नै ज्यान गुमाउनुपर्‍यो।

चैत २४ गते राति तीनै जनाले मिलेर चुडामणिको घाँटी डोरीले कसेर हत्या गरे। हत्या भएको तीन दिनपछि, चैत २७ गते राति प्रहरी टोली सूचना पाएर घर पुगेको थियो। घरको तल्लो तलाको शौचालयभित्र चुडामणिको शव फेला परेको थियो।

शरीरमा गम्भीर चोटहरू देखिएकोले हत्या योजनाबद्ध तरिकाले भएको पुष्टि हुन्छ। डोरी कसेर मात्र नभई थप प्रहारसमेत गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी, बागमती प्रदेश प्रहरी र तालिम प्राप्त कुकुरसहितको टोली खटिएर अनुसन्धान अघि बढाइएको थियो।

घटनामा प्रयोग भएको डोरी, कोदालो, मृतकको मोबाइलको फुटेका टुक्रा, तथा सुपारीको रकमबाट किनेको ब्रान्डेड कपडा र जुत्ता समेत प्रहरीले बरामद गरेको छ।

प्रहरीका अनुसार अक्कलबहादुर र चुडामणि पुराना साथी थिए। अक्कलबहादुर सधैँ घर आउजाउ गर्ने, खानेबस्ने व्यक्ति थिए। तर, विश्वासघातको परिणति यस्तो भयावह ढंगले निस्किएला भन्ने कसैलाई कल्पना थिएन।

धादिङको यो घटना केवल एउटा अपराध कथा मात्र होइन, यो हो— क्रोध, बदला र हिंसाको बाटो रोज्दा मानिस कहाँ पुग्छ भन्ने चेतावनीपुर्ण उदाहरण।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...