News Portal

प्रहरीसम्बन्धी विधेयक असारमै सदनमा पुर्‍याउन गृहमन्त्री लेखकको आग्रह

२८७ पटक

काठमाडौं, असार ११ – नेपाल प्रहरीसम्बन्धी कानुन संशोधनका लागि तयार पारिएको विधेयक असार महिनाभित्रै प्रतिनिधिसभामा पेश गर्न गृहमन्त्री रमेश लेखकले संसदीय समिति समक्ष आग्रह गरेका छन्।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले २०७० सालपछि पहिलोपटक प्रहरीसम्बन्धी नयाँ कानुन ल्याउने तयारी भएको जानकारी दिँदै सो विधेयकमाथि सैद्धान्तिक छलफल प्रारम्भ गरिएको बताए। “यो विषय मेरो व्यक्तिगत प्राथमिकता मात्र नभई गृह मन्त्रालयकै नीति निर्देशमा रहेको विषय हो,” उनले भने, “समितिले आवश्यक ठानेसम्मको छलफलका लागि मन्त्रालय तयार छ, तर विधेयक असारभित्रै टुंग्याएर संसदमा पठाउने वातावरण निर्माण गरिदिनु अनुरोध गर्दछु।”

गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकलाई पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई पनि छिटो टुंगोमा पुर्‍याउन अनुरोध गरे। “गृह मन्त्रालयअन्तर्गत अन्य विधेयकहरू पनि क्रमशः तयारी अवस्थामा छन्,” उनले भने, “यी सबै विषयमा समितिले देखाउनुभएको चासो र प्राथमिकतालाई मन्त्रालयले सम्मानका साथ ग्रहण गरेको छ।”

समितिमा भएको छलफललाई सकारात्मक मान्दै गृहमन्त्रीले प्रहरी प्रशासनको सुधार र समयअनुकूल कानुनी संरचना निर्माणका लागि संसदले समयमै सहयोग पुर्‍याउने विश्वास पनि व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...