News Portal

  • प्रहरीसम्बन्धी विधेयक असारमै सदनमा पुर्‍याउन गृहमन्त्री लेखकको आग्रह

    ५३ पटक

    काठमाडौं, असार ११ – नेपाल प्रहरीसम्बन्धी कानुन संशोधनका लागि तयार पारिएको विधेयक असार महिनाभित्रै प्रतिनिधिसभामा पेश गर्न गृहमन्त्री रमेश लेखकले संसदीय समिति समक्ष आग्रह गरेका छन्।

    बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले २०७० सालपछि पहिलोपटक प्रहरीसम्बन्धी नयाँ कानुन ल्याउने तयारी भएको जानकारी दिँदै सो विधेयकमाथि सैद्धान्तिक छलफल प्रारम्भ गरिएको बताए। “यो विषय मेरो व्यक्तिगत प्राथमिकता मात्र नभई गृह मन्त्रालयकै नीति निर्देशमा रहेको विषय हो,” उनले भने, “समितिले आवश्यक ठानेसम्मको छलफलका लागि मन्त्रालय तयार छ, तर विधेयक असारभित्रै टुंग्याएर संसदमा पठाउने वातावरण निर्माण गरिदिनु अनुरोध गर्दछु।”

    गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकलाई पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई पनि छिटो टुंगोमा पुर्‍याउन अनुरोध गरे। “गृह मन्त्रालयअन्तर्गत अन्य विधेयकहरू पनि क्रमशः तयारी अवस्थामा छन्,” उनले भने, “यी सबै विषयमा समितिले देखाउनुभएको चासो र प्राथमिकतालाई मन्त्रालयले सम्मानका साथ ग्रहण गरेको छ।”

    समितिमा भएको छलफललाई सकारात्मक मान्दै गृहमन्त्रीले प्रहरी प्रशासनको सुधार र समयअनुकूल कानुनी संरचना निर्माणका लागि संसदले समयमै सहयोग पुर्‍याउने विश्वास पनि व्यक्त गरे।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    प्रहरीसम्बन्धी विधेयक असारमै सदनमा पुर्‍याउन गृहमन्त्री लेखकको आग्रह

    काठमाडौं, असार ११ – नेपाल प्रहरीसम्बन्धी कानुन संशोधनका लागि तयार पारिएको विधेयक असार महिनाभित्रै प्रतिनिधिसभामा...

    प्रधानमन्त्री ओलीद्वारा पार्टीलाई एकमुष्ट तीन लाख बढीको लेवी बुझाइयो

    काठमाडौं, असार ११ – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीप्रति आफ्नो...

    चन्द्रागिरी यातायात कार्यालयमा ‘छिटो काम गरिदिन्छौं’ भन्दै हैरानी दिने ६ जना पक्राउ

    काठमाडौं, असार ११ – राजधानीको चन्द्रागिरीस्थित गुर्जुधारा यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीमाथि धाँधलीपूर्वक दबाब र हैरानी...

    न्यूयोर्कस्थित नेपाली कन्सुलेटमा प्रधानमन्त्रीको फोटो बिगारिएको भनिएको घटना अतिरञ्जित

    काठमाडौँ असार ११ — अमेरिकाको न्यूयोर्कस्थित नेपाली कन्सुलेट कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो बिगारिएको...

    चितवनमा पारिवारिक कलहपछि भिरबाट हामफाल्दा श्रीमतीको ज्यान गयो, श्रीमान् गम्भीर घाइते

    चितवन, असार ११ — चितवनको राप्ती नगरपालिका–४ मा घरेलु झगडापछि एक दम्पतीले भिरबाट हाम फालेका...