News Portal

सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

३२४ पटक

रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज, नोचा, रामचोक लगायतका ठाउँबाट अहिले दिनहुँ भारतबाट अवैध रूपमा नेपालतर्फ बोइलर कुखुराहरू भित्रिन थालेपछि नेपाली कुखुरा व्यवसायीहरू समस्यामा पर्न थालेका छन्। खुला सिमाना र सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको मिलेमतोका कारण भारतीय कुखुराहरू अवैध रूपमा सस्तो मूल्यमा नेपाली बजारमा बिक्री वितरणका लागि भित्र्याइँदा स्थानीय किसानहरू चिन्तित भएका छन्।

भारतबाट एक किलो कुखुरा १६० रुपैयाँ प्रतिकिलोमा खरिद गरेर नेपालमा २०० रुपैयाँसम्ममा बिक्री वितरण गरिँदै आएको छ भने नेपाली किसानहरूले उत्पादन गरेको कुखुराको प्रतिकिलो २४० रुपैयाँसम्म पर्छ। तर, भारतबाट प्रहरीको संरक्षणमा सस्तो कुखुरा भित्रिएपछि किसानहरूले बजार पाउन छाडेको रंगेली–२ का कृषक हरिप्रसाद भण्डारीले बताए।

भारतीय बजारबाट सस्तोमा कुखुरा किनेर नेपाली बजारमा बेच्दा यहाँका किसानहरूले उचित मूल्य पाउन नसकेको रंगेलीका अर्का कृषक रमेश कार्कीले बताए। पछिल्लो समय धेरै युवाहरू विदेशिन बाध्य भए पनि केही युवाहरू ऋण लिएर नेपालमै कुखुरा व्यवसाय सञ्चालन गरिरहेका छन्। तर खुला सिमाना र कमजोर सुरक्षाका कारण भारतीय कुखुरा सजिलै भित्रिन थालेपछि उनीहरू चिन्तित हुन थालेका छन् भन्ने कुरा कृषक लक्ष्मण श्रेष्ठले बताए।

सीमावर्ती क्षेत्रका विभिन्न ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले चेकपोस्ट राखे पनि उनीहरूकै मिलेमतोमा कुखुरा भित्रिने गरेको आरोप स्थानीय कृषक भविन थापाले लगाए। सीमावर्ती क्षेत्रबाट दैनिक ३ हजारदेखि ५ हजारसम्म भारतीय कुखुरा नेपाली बजारमा भित्रिने गरेको आमबाडी कृषक सप्लायका किसानहरूले बताए।

आफ्नै देशमा केही गरेर बस्ने सपना बोकेका किसानहरूले सस्तोमा भारतीय कुखुरा भित्रिने क्रम नरोकिएपछि आफ्नो उत्पादनले उचित मूल्य नपाउँदा व्यवसाय नै बन्द गरेर विदेश जानुपर्ने अवस्था आएको गुनासो गरेका छन्।

नेपाल सरकारले चोरी–तस्करी नियन्त्रण गर्ने उद्देश्यले मायागञ्ज र चुनिबारी सशस्त्र प्रहरी बेसक्याम्पमा DSP को कमान्डमा र अन्य बेसक्याम्पमा प्रहरी निरीक्षकलाई जिम्मेवारी दिएको छ। त्यसैगरी इलाका प्रहरी कार्यालय रंगेली र इलाका प्रहरी कार्यालय सिजुवामा पनि प्रहरी निरीक्षकहरूको कमान्डमा सीमा सुरक्षा जिम्मेवारी तोकिएको छ। तर सुरक्षाको कमजोरीका कारण सीमाक्षेत्रबाट दिनहुँ विभिन्न प्रकारका सामग्रीहरू अवैध रूपमा नेपाल भित्रिरहेको व्यापारीहरूले बताएका छन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...