News Portal

  • सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    १२४ पटक

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज, नोचा, रामचोक लगायतका ठाउँबाट अहिले दिनहुँ भारतबाट अवैध रूपमा नेपालतर्फ बोइलर कुखुराहरू भित्रिन थालेपछि नेपाली कुखुरा व्यवसायीहरू समस्यामा पर्न थालेका छन्। खुला सिमाना र सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको मिलेमतोका कारण भारतीय कुखुराहरू अवैध रूपमा सस्तो मूल्यमा नेपाली बजारमा बिक्री वितरणका लागि भित्र्याइँदा स्थानीय किसानहरू चिन्तित भएका छन्।

    भारतबाट एक किलो कुखुरा १६० रुपैयाँ प्रतिकिलोमा खरिद गरेर नेपालमा २०० रुपैयाँसम्ममा बिक्री वितरण गरिँदै आएको छ भने नेपाली किसानहरूले उत्पादन गरेको कुखुराको प्रतिकिलो २४० रुपैयाँसम्म पर्छ। तर, भारतबाट प्रहरीको संरक्षणमा सस्तो कुखुरा भित्रिएपछि किसानहरूले बजार पाउन छाडेको रंगेली–२ का कृषक हरिप्रसाद भण्डारीले बताए।

    भारतीय बजारबाट सस्तोमा कुखुरा किनेर नेपाली बजारमा बेच्दा यहाँका किसानहरूले उचित मूल्य पाउन नसकेको रंगेलीका अर्का कृषक रमेश कार्कीले बताए। पछिल्लो समय धेरै युवाहरू विदेशिन बाध्य भए पनि केही युवाहरू ऋण लिएर नेपालमै कुखुरा व्यवसाय सञ्चालन गरिरहेका छन्। तर खुला सिमाना र कमजोर सुरक्षाका कारण भारतीय कुखुरा सजिलै भित्रिन थालेपछि उनीहरू चिन्तित हुन थालेका छन् भन्ने कुरा कृषक लक्ष्मण श्रेष्ठले बताए।

    सीमावर्ती क्षेत्रका विभिन्न ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले चेकपोस्ट राखे पनि उनीहरूकै मिलेमतोमा कुखुरा भित्रिने गरेको आरोप स्थानीय कृषक भविन थापाले लगाए। सीमावर्ती क्षेत्रबाट दैनिक ३ हजारदेखि ५ हजारसम्म भारतीय कुखुरा नेपाली बजारमा भित्रिने गरेको आमबाडी कृषक सप्लायका किसानहरूले बताए।

    आफ्नै देशमा केही गरेर बस्ने सपना बोकेका किसानहरूले सस्तोमा भारतीय कुखुरा भित्रिने क्रम नरोकिएपछि आफ्नो उत्पादनले उचित मूल्य नपाउँदा व्यवसाय नै बन्द गरेर विदेश जानुपर्ने अवस्था आएको गुनासो गरेका छन्।

    नेपाल सरकारले चोरी–तस्करी नियन्त्रण गर्ने उद्देश्यले मायागञ्ज र चुनिबारी सशस्त्र प्रहरी बेसक्याम्पमा DSP को कमान्डमा र अन्य बेसक्याम्पमा प्रहरी निरीक्षकलाई जिम्मेवारी दिएको छ। त्यसैगरी इलाका प्रहरी कार्यालय रंगेली र इलाका प्रहरी कार्यालय सिजुवामा पनि प्रहरी निरीक्षकहरूको कमान्डमा सीमा सुरक्षा जिम्मेवारी तोकिएको छ। तर सुरक्षाको कमजोरीका कारण सीमाक्षेत्रबाट दिनहुँ विभिन्न प्रकारका सामग्रीहरू अवैध रूपमा नेपाल भित्रिरहेको व्यापारीहरूले बताएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...