News Portal

गृहपृष्ठ # नेपाली राजनीति

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै आएका छन्। स्रोतका अनुसार, उनी राप्रपा छोडेर रास्वपामा प्रवेश गर्न इच्छुक देखिएका छन्। शाहीले राप्रपाको समानुपातिक सूचीमा असन्तुष्टि व्यक्त गर्दै...बाँकी

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको छ। केहीबेरअघिदेखि बैठक चलिरहेको र संगठनात्मक तथा निर्वाचनसम्बन्धी विषयमा छलफल भइरहेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए। बैठकमा कोषाध्यक्ष...बाँकी

केन्द्रीय समिति बैठकअघि रास्वपाको सचिवालय बैठक

काठमाडौँ, पुष २० — राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकको तयारीस्वरूप सचिवालय बैठक सञ्चालन गरेको छ। आइतबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकमा संगठनात्मक विषय र आगामी कार्यदिशाबारे छलफल भएको छ। पार्टी प्रवक्ता मनिष झाका...बाँकी

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ। माइतीघर मण्डलामा अनसनरत भुसालको स्वास्थ्य जाँच नेपाल चिकित्सक संघको टोलीले गरेको...बाँकी

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य र भ्रामक बताएका छन्। सञ्चारमाध्यममा योजनाबद्ध रूपमा गलत सूचना फैलाएर आफ्नो छवि बिगार्ने प्रयास भइरहेको भन्दै उनले त्यसप्रति आपत्ति जनाएका...बाँकी

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कुनै पनि दलसँग सहकार्य वा एकता नगर्ने स्पष्ट पारेका छन्। उनले श्रम संस्कृति पार्टी आफ्नै विचार र सिद्धान्तमा आधारित...बाँकी

हर्क साम्पाङ नेतृत्वको श्रम–संस्कृति पार्टीले ‘हर्कवाद’ मुख्य सिद्धान्त घोषणा

विराटनगर, मंसिर १६ –  श्रम–संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले आफ्नो राजनीतिक दर्शनका रूपमा ‘हर्कवाद’ सार्वजनिक गरेका छन्। पार्टीको अवधारणा प्रस्तुत गर्दै उनले श्रम, अनुशासन र प्रविधिको प्रभावकारी प्रयोगलाई देश विकासको मूल आधारका रूपमा...बाँकी

जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन आयोगबाट आधिकारिकता पाएका छन्। भदौ २३ र २४ मा आन्दोलन चर्किएपछि ती दलहरू एकपछि अर्को दर्ता प्रक्रियामा पुगेका थिए। आयोगका...बाँकी

सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा समाहित हुने भएका छन्। तीन पक्षबीच ७ मंसिरमा...बाँकी

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा

काठमाडौं, कार्तिक ७ – लामो समयदेखि वामपार्टीबीचको एकताको प्रयास अन्तिम चरणमा पुगेको छ। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकीकरण लगभग पक्का भइसकेको छ। नेतृत्वको विषय टुंग्याउने जिम्मा प्रचण्ड र माधवकुमार नेपाललाई दिइएको...बाँकी