News Portal

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

२९२ पटक

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै आएका छन्। स्रोतका अनुसार, उनी राप्रपा छोडेर रास्वपामा प्रवेश गर्न इच्छुक देखिएका छन्।

शाहीले राप्रपाको समानुपातिक सूचीमा असन्तुष्टि व्यक्त गर्दै केही नामहरूलाई प्राथमिकता दिएकोमा विरोध जनाएका थिए। तर, उनी राप्रपा छोड्न चाहनुको मुख्य कारण अध्यक्ष राजेन्द्र लिङ्देनसँगको असन्तोष रहेको बताइएको छ।

केही दिनअघि काठमाडौं मेयर बालेन्द्र साह र शाहीबीच भेट भएको थियो। उक्त भेटमा युवाहरू मिलेर अघि बढ्नुपर्ने सहमति भएको र शाहीले बालेनको पार्टीलाई सहयोग गर्ने आश्वासन दिएको स्रोतले बताउँछ। तर, पछि बालेनले रास्वपासँग एकता गर्दा शाहीलाई समावेश नगरेको आरोप लागिरहेको छ।

शाहीको रास्वपा सभापति रवि लामिछानेसँग सम्बन्ध राम्रो रहँदा पनि उपसभापति डा। स्वर्णिम वाग्लेसँगको सम्बन्ध तनावपूर्ण देखिन्छ। पार्टीभित्र गणतन्त्रवादी र संघीयतावादी समूहको आवाज बलियो भएपछि शाहीलाई भित्र्याउनु सहज नहुने नेताहरूको भनाइ छ।

पूर्वमा सामाजिक अभियन्ता र ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानका संयोजकका रूपमा परिचित शाही २०७८ साल फागुनमा राप्रपामा प्रवेश गरेका थिए। जुम्लाबाट जितेका उनी राप्रपामा प्रवक्ता र संसदमा प्रमुख सचेतक बनेका थिए। अहिले उनको कदम राजनीतिक अवसरवादको रूपमा पनि विश्लेषण भइरहेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...