News Portal

अनुहार फेरि फेरि षडयन्त्र नगरौं !

३७५ पटक

– कमला थापा

२०८२ फाल्गुन २५ गते सोमबार।

“अनुहार फेरि-फेरि षडयन्त्र नगरौं” उक्त भनाइ श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाहको हो। प्रत्येक शब्दमा राष्ट्रीयताले भरिएको ओझपूर्ण गहिरो अर्थ थियो। यहि फागुन ६ गते प्रजातन्त्र दिवसको उपलक्ष्यमा बक्स भएको शुभकामना सन्देशमा पनि गहिरो राष्ट्रप्रेम र दुरदर्शीता पूर्ण चिन्तनले भरिएका शब्दहरु छन। राष्ट्र धेरै असजिलो परिस्थितिबाट गुज्रिरहेको छ। निर्वाचनले मात्र देशको समस्या सामाधान गर्न सकिने छैन। त्यसैले पहिला राष्ट्रिय समस्याको समाधान गरी सबै एकजुट भएर सहमति, सहकार्य र राष्ट्रिय एकता गरेर मात्र निर्वाचनमा जाउं भन्ने विशाल हृदयका धनी राजाको थियो। शाहबंशीय दुरदर्शिताका साथ आएको अभिब्यक्ति उपर कुनै पनि राजनीतिक दलहरुले वेवास्ता गर्नु राजनैतिक दलहरुको असक्षमता नै हो। जस्का कारण देश झनझन दलदलमा फस्दै गएको देखिन्छ। अरुले त गरेनन्, गरेनन् आफुलाई राजसंस्था र हिन्दुराष्ट्रको हिमायति भन्ने पार्टि “राप्रपा” ले समेत अनसुना गर्यो। विपी कोइरालाको मुल्य र मान्यतालाई कांग्रेसले बेवास्ता गर्दा कांग्रेस आफै दुर्घटनामा पर्न पुग्यो।

“शक्तिको आडमा भौतिक सुविधा सम्पन्न दुनियामा हराईसकेका नेता केपी ओली, आफ्नै पार्टि लुटेर लैजाने घमण्डी यूवा नेताले राजाको राष्ट् भक्ति बुझ्न सक्ने कुरै थिएन। जस्लाई बिदेशीशक्तिले ग्यास भरेको बेलुन जस्ता भएका थिए। अहंकार र आफ्नै कार्यकर्ताबाट चोट खाएका शेरवहादुर देउवाले बुझेर पनि गर्न सक्ने उनको हातमा केही थिएन।”

शत्ता र शक्तिका आडमा गरिएका भ्रष्टाचार
अनियमितता र गैरजिम्मेवार बन्दै गएका दलहरुमा राजाको दुरदृष्टिको प्रभाव नपर्नु, बेवास्ता गर्नुको परिणाम आज दलहरु आफै दुर्घटनामा परेका छन्। बिदेशी तथा भूराजनीतिक रिमोटबाट चलिरहेका अहंकारी नेताहरुलाई त्यहि रिमोटले सिध्याएको पत्तै भएन। अभाव र प्रभाबमा हुर्किएका, दरिद्रताले ग्रस्त जिवनमा आएको सुख, सुविधा र सम्पनताले कुर्सिमा टांसिरहने विलासिता र सोप्नसिल दुनियाँबाट बाहिर निस्कन धेरै कठिन थियो। शक्तिको आडमा भौतिक सुविधा सम्पन्न दुनियामा हराईसकेका नेता केपी ओली, आफ्नै पार्टि लुटेर लैजाने घमण्डी यूवा नेताले राजाको राष्ट् भक्ति बुझ्न सक्ने कुरै थिएन। जस्लाई बिदेशीशक्तिले ग्यास भरेको बेलुन जस्ता भएका थिए। अहंकार र आफ्नै कार्यकर्ताबाट चोट खाएका शेरवहादुर देउवाले बुझेर पनि गर्न सक्ने उनको हातमा केही थिएन।

“बेमौसनको निर्वाचन ०८२ को बाढिले क-कस्लाई बगायो, उडायो त्यो उनै जानुन्। तर देश र जनताले हारेका छन्। जस्तो राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनतामा बाहृय हस्तक्षेपताले आन्तरिक मामिलामा निकैनै असर पुगेको छ। बहुमत जनताले मतदानमा भाग नलिएको तथ्याङ्क बाहिर आईरहेको छ। यो सरकारको सफलता हो की असफलता हो ? मतगणना पछि स्पष्ट हुने नै छ।”

०७९ सालको निर्वाचन सम्पन्न भएको भोलिपल्ट देखि ” मिसन ८४ को रट लगाएर नथाक्ने दलका नेता, कार्यकर्ताहरुलाई मिसन‌ ८४ त आएन तर केही नेताहरुको चुनाबी ८४ भने अबस्य भयो। जुन कुरा यहि पंतिकारले बारम्बार उल्लेख गर्दै आएकै हो। बेमौसनको निर्वाचन ०८२ को बाढिले क-कस्लाई बगायो, उडायो त्यो उनै जानुन्। तर देश र जनताले हारेका छन्। जस्तो राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनतामा बाहृय हस्तक्षेपताले आन्तरिक मामिलामा निकैनै असर पुगेको छ। बहुमत जनताले मतदानमा भाग नलिएको तथ्याङ्क बाहिर आईरहेको छ। यो सरकारको सफलता हो की असफलता हो ? मतगणना पछि स्पष्ट हुने नै छ। अहिले ढुङ्गा, माटो हावा, हुरिले एउटै मात्र देखेको कुरा भोली अर्कै पनि नहोला भन्न सकिन्न। त्यस्तो भएको अबस्थामा अपूर्ण निर्वाचन गराए बापत प्रधानमन्त्री, राष्ट्रपति र निर्वाचन आयोग दोषी ठहर नहोलान् भन्न सकिन्न। अहिले सरकारलाई बधाई दिन आतुर भएकाहरु भोलि पछुताउनु नपरोस्। सर्वप्रथम हेरियोस मत कति प्रतिशत खस्यो ? पूर्णता पाउँछ की पाउदैन त्यता पनि ध्यान जानु जरुरी देखिन्छ।

“हिजो राजाको बक्तब्य आउदा राजालाई गाली गर्नेहरु सबै पहिचान वालाहरु नै छन्। आउने सरकारले भदौ २३,२४का दोषीहरु र सहकारी ठगिदेखी गिरीबन्धु, भुटानी शरणार्थी, काण्डदेखि अन्य धेरै काण्डमा सम्लग्नहरुलाई कारवाहीको दायरामा ल्याउन ढिलो नगरोस्, साथै गौरी बहादुर कार्की आयोगको रिपोर्ट पनि आगामी सरकारले नै हेर्नुपर्ने छ। अबसर र चुनौती बराबर भएकोले हर्षको भन्दा बिस्मातको चिन्ता गरेको राम्रो। मिसन ८४ त अब आउछ। “

विगतका दिनहरुले देखाई सकेको छ। दुईतिहाइ बहुमत यो देशको लागि अफाप सिद्ध भएको। अल्पमतले बहुमत माथि साशन गरेको। अहिले पनि सातजना जित्न सफल भएका प्रचण्ड जी भन्दैछन्, अबको प्रधानमन्त्री र संसदको नेतृत्व मैले नै गर्ने हो। बहुमत ल्याएर केही…….… दैन ! उहांको बोलिबाट प्रस्ट बुझ्न सकिन्छ। संचालक महांगुरुहरू एउटै हुन् भन्ने कुरा। साथै अर्को कुरा बहुमत पक्षले पनि बिर्सन नहुने कुरा भनेको, बहुमत घाएल बाघहरु बाहिर छन्। त्यो अधिक खतरनाक हुन्छ। चुरिफुरी ज्यादा नगरेको राम्रो। चुनौति धेरै छन्। हिजो राजाको बक्तब्य आउदा राजालाई गाली गर्नेहरु सबै पहिचान वालाहरु नै छन्। आउने सरकारले भदौ २३,२४का दोषीहरु र सहकारी ठगिदेखी गिरीबन्धु, भुटानी शरणार्थी, काण्डदेखि अन्य धेरै काण्डमा सम्लग्नहरुलाई कारवाहीको दायरामा ल्याउन ढिलो नगरोस्, साथै गौरी बहादुर कार्की आयोगको रिपोर्ट पनि आगामी सरकारले नै हेर्नुपर्ने छ। अबसर र चुनौती बराबर भएकोले हर्षको भन्दा बिस्मातको चिन्ता गरेको राम्रो। मिसन ८४ त अब आउछ। धैर्य गरौं यो निर्वाचनले राजसंस्थाको स्थापना छिटै गर्न सहजीकरण गरेकोमा राजाको अर्थपूर्ण बक्तब्थलाई बेवास्था गर्नेहरुलाई चेतना भया।

“निर्वाचनमा भाग लिदै गरेका दर्जनौं पार्टिका झांकिहरु, खरानी, चन्दन गेरुब्रस्त्रदेखी उखुकाट्दै, जेरी पकाउदै अनेक रुप देखाउदै थिए। सबैको नारा एउटै थियो “अब की वार मेरा सरकार” राजनितिक रंगमा भांगचढेकाहरुबाट न त देश बन्छ, न त देश जोगिन्छ।”

लाटोले एक बल्ड्याङ खान्थ्यो भने आफुलाई धेरै बाठो बिद्वान ठान्ने नेपाली कांग्रेसका पूर्वमहामन्त्री द्धय आफै तिन बल्डांग खान पुगे। यहांनिर एउटा पौराणिक कहावतको याद आयो। पहिला पहिला घर बनाउन दलिन, निदालहरु सिकर्मिले ठूलो आरा लगाएर चिर्ने गर्थे। एक दिन दुईजना सिकर्मिले दुईतिरबाट आरा लगाईरहेको रुख माथि बसेर एउटा बांदरले मग्नताका साथ रमाइलो मानेर हेरिरहेको थियो। सिकर्मिहरु आरामा काठको चुकुल लगाएर खाजा खान गए त्यहि मौकामा बांदरले हत्तन पत्त चुकुल निकालेर आरा लगाउन खोज्दा त्यहि च्यापिएर मृत्यु भयो।‌ त्यहि हालत आज कांग्रेसका यूवा सभापतिलाई भएको छ। देशै बदल्ने अभिलाषा बोकेका नेता देश अरुलाई बुझाउन सफल भए। निर्वाचनमा भाग लिदै गरेका दर्जनौं पार्टिका झांकिहरु, खरानी, चन्दन गेरुब्रस्त्रदेखी उखुकाट्दै, जेरी पकाउदै अनेक रुप देखाउदै थिए। सबैको नारा एउटै थियो “अब की वार मेरा सरकार” राजनितिक रंगमा भांगचढेकाहरुबाट न त देश बन्छ, न त देश जोगिन्छ। यो परिणाम ब्यबस्था प्रतिको असन्तुष्टि हो भन्दा फरक पर्दैन, सबैको चेतना खुलोस राजसंस्था सहितको प्रजातन्त्र, शन्त नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको सर्वदलीय ०४७ को संबिधान बिना अब कोसैले देशको अगुवाही गर्न‌सक्दैन सबैलाई चेतना भया। श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन।
जय नेपाल।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...