News Portal

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

२४० पटक

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले जरा गाड्न थालेको भन्दै त्यसले लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने खतरा रहेको बताएका छन्। पार्टीको विशेष महाधिवेशनमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा उनले विश्वव्यापी रूपमा देखिएको यो प्रवृत्ति अब नेपालमा पनि स्पष्ट देखिन थालेको उल्लेख गरेका छन्।

प्रतिवेदनमा लोकतन्त्र कुनै चमत्कारबाट स्थापित नहुने, बरु संस्था, प्रणाली र विधिबाट बलियो हुने स्पष्ट गरिएको छ। केही पात्र र समूहले लोकतान्त्रिक संस्थालाई कमजोर बनाउँदै सजिलो समाधानको भ्रम फैलाइरहेको भन्दै यसले उदार लोकतन्त्र र बहुलवादी मूल्यमा चोट पुर्‍याउने चेतावनी दिइएको छ।

गगनले सरकार र राजनीतिक दलहरू जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन्। संस्थाहरू सक्षम र प्रभावकारी भए मात्र पद्धति मजबुत हुने र त्यसैबाट लोकतान्त्रिक प्रणाली टिक्ने उनको धारणा छ। लोकतन्त्र शासनको शैली मात्र नभई नागरिकको जीवनशैली पनि भएको प्रतिवेदनमा उल्लेख छ।

नयाँ राजनीतिक शक्तिका रूपमा उदाएका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन साहतर्फ संकेत गर्दै गगनले पपुलिस्ट र अराजकतावादी सोचबाट सचेत रहन आग्रह गरेका छन्। उनले लोकतन्त्र र संविधानको रक्षा सबै नेपालीको साझा जिम्मेवारी भएको भन्दै त्यसलाई कमजोर बनाउने कुनै पनि प्रवृत्तिविरुद्ध एकजुट हुन आह्वान गरेका छन्।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...