News Portal

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

२६८ पटक

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक सरकारका मन्त्री कुलमान घिसिङ अब काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा छन्।

उज्यालो नेपाल पार्टी रास्वपामा मिसाएपछि उपाध्यक्ष बनेका उनले यही निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने योजना बनाएका हुन्। उनका दाइ गणेश घिसिङका अनुसार, काठमाडौँ–३ बाट चुनाव लड्ने तयारी लगभग निश्चित देखिन्छ।

कुलमानले जेनजी आन्दोलनपछि आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी गठन गरेका थिए। पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष बनाएर गठन गरिएको यो पार्टी पुस दोस्रो साता रवि लामिछाने नेतृत्वको रास्वपामा समाहित भएको थियो।

तर, मन्त्रीको रुपमा सक्रिय राजनीतिक गतिविधिमा संलग्न भएपछि उनी आलोचनाको विषय बनेका छन्। केही दिनअघि मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले राजनीति गर्ने मन्त्रीहरूले राजीनामा दिनुपर्ने धारणा राखेकी थिइन्। यसैबीच, कुलमानको उम्मेदवारी राजनीतिक चर्चा र ध्यानको केन्द्रमा रहन सक्ने देखिन्छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...