News Portal

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

२३३ पटक

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची निर्वाचन आयोगमा बुझ्न नपाएको भन्दै अदालत जाने तयारी थालेको छ।

पार्टी नेता जितराम लामाले आयोगबाट औपचारिक निर्णय लिएर कानुनी बाटो समात्ने तयारी भइरहेको बताए। उनका अनुसार उनेपाले समानुपातिक निर्वाचनमा भाग लिने उद्देश्यसहित दल दर्ता गरिसकेको छ र सूची बुझाउन आवश्यक शुल्कसमेत तिरेर रसिद लिइसकेको छ। त्यसैले कानुनी समयसीमाभित्रै सूची दर्ता गरिनुपर्ने माग गर्दै आयोगमा निवेदन दिइएको थियो।

लामाले आयोगले अहिलेसम्म उक्त निवेदनबारे कुनै स्पष्ट निर्णय नदिएको भन्दै असन्तुष्टि जनाए। उनका अनुसार अब आयोगमा पुनः पुगेर सूची बुझाउन दिने वा नदिने भन्ने आधिकारिक जवाफ मागिनेछ। यदि आयोगले सूची स्वीकार नगरेको अवस्थामा सो निर्णयलाई आधार बनाएर अदालत जाने तयारी रहेको उनले बताए।

निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिकतर्फको बन्दसूची बुझाउन समय दिएको थियो। यही अवधिमा उनेपाले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहमति गर्दै आफ्ना केही उम्मेदवारलाई रास्वपाको सूचीमा समावेश गराएको थियो। पछि उक्त सहमति टुटेपछि उनेपाले छुट्टै सूची बुझाउन खोजेको भए पनि समय सकिएको भन्दै आयोगले फिर्ता गरेको थियो।

अब आयोगको लिखित निर्णय लिएर अदालत पुग्ने तयारीमा उनेपा जुटेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...