News Portal

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

५२ पटक

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची निर्वाचन आयोगमा बुझ्न नपाएको भन्दै अदालत जाने तयारी थालेको छ।

पार्टी नेता जितराम लामाले आयोगबाट औपचारिक निर्णय लिएर कानुनी बाटो समात्ने तयारी भइरहेको बताए। उनका अनुसार उनेपाले समानुपातिक निर्वाचनमा भाग लिने उद्देश्यसहित दल दर्ता गरिसकेको छ र सूची बुझाउन आवश्यक शुल्कसमेत तिरेर रसिद लिइसकेको छ। त्यसैले कानुनी समयसीमाभित्रै सूची दर्ता गरिनुपर्ने माग गर्दै आयोगमा निवेदन दिइएको थियो।

लामाले आयोगले अहिलेसम्म उक्त निवेदनबारे कुनै स्पष्ट निर्णय नदिएको भन्दै असन्तुष्टि जनाए। उनका अनुसार अब आयोगमा पुनः पुगेर सूची बुझाउन दिने वा नदिने भन्ने आधिकारिक जवाफ मागिनेछ। यदि आयोगले सूची स्वीकार नगरेको अवस्थामा सो निर्णयलाई आधार बनाएर अदालत जाने तयारी रहेको उनले बताए।

निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिकतर्फको बन्दसूची बुझाउन समय दिएको थियो। यही अवधिमा उनेपाले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहमति गर्दै आफ्ना केही उम्मेदवारलाई रास्वपाको सूचीमा समावेश गराएको थियो। पछि उक्त सहमति टुटेपछि उनेपाले छुट्टै सूची बुझाउन खोजेको भए पनि समय सकिएको भन्दै आयोगले फिर्ता गरेको थियो।

अब आयोगको लिखित निर्णय लिएर अदालत पुग्ने तयारीमा उनेपा जुटेको छ।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...