News Portal

गृहपृष्ठ # एमाले

युवा संघद्वारा मेयर बालेनविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गर्ने तयारी

काठमाडौं, कार्तिक २० – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर एमाले निकट युवा संघले प्रहरीमा जाहेरी दिन तयारी गरेको छ। संघका अनुसार बालेनको उक्त स्टाटसले राजनीतिक दलहरूको अपमान मात्र होइन, मित्रराष्ट्रहरूको सम्मानमा...बाँकी

नेकपा एसमा विभाजनको संकेत, झलनाथ–घनश्याम समूहभित्रै एमाले फर्किने र नयाँ पार्टी बनाउने मतभेद

काठमाडौं, कार्तिक १६ — नेकपा (एकीकृत समाजवादी) पार्टीमा झलनाथ खनाल र घनश्याम भुसाल नजिकका नेताबीच आन्तरिक मतभेद गहिरिँदै गएको छ। एकथरि नेताहरू नयाँ पार्टी दर्ता गर्ने तयारीमा छन् भने अर्को समूह एमालेमा फर्किने पक्षमा देखिएको...बाँकी

न्यायालयमाथिको आक्रमण कानुनी व्यवस्थामाथि षड्यन्त्र : शंकर पोखरेल

दाङ, कार्तिक १३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन-जी आन्दोलनका नाममा न्यायालयमाथि भएको आक्रमणलाई नेपालको कानुनी प्रणाली अस्थिर पार्ने षड्यन्त्रको रूपमा व्याख्या गरेका छन्। प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले न्यायालयमाथि...बाँकी

ओलीको जलेको घर मर्मत नहुने, गुण्डुमा ‘ओली कुटी’ बनाइने

काठमाडौं, कार्तिक ५ – नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित जलेको घर मर्मत नगर्ने बताएका छन्। बुधबार जेनजी आन्दोलनकारीले आगजनी गरेको घर हेर्न बालकोट पुगेका बस्नेतले ओलीका लागि नयाँ घर गुण्डुमा निर्माण...बाँकी

भक्तपुरका दुईथरी ‘थ्रेट’मा सरकारको निगरानी कडा

काठमाडौं, कार्तिक ५ – गृह मन्त्री ओमप्रकाश अर्यालले भक्तपुरका दुईथरी ‘थ्रेट’लाई नियन्त्रण गर्न सरकारले कडाइका साथ निगरानी बढाएको बताएका छन्। बैठकमा उनले एमाले अध्यक्ष केपी शर्मा ओली र व्यवसायी दुर्गा प्रसाई दुवै भक्तपुरमै बस्ने भएकाले...बाँकी

ओली कानुनभन्दा माथि छैनन्, अस्वीकार गरे कानुनले ठाउँमा ल्याउँछ : गृहमन्त्री अर्याल

काठमाडौं, कार्तिक ४ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कानुनको दायराभित्र रहन चेतावनी दिएका छन्। एक अन्तर्वार्तामा उनले भने, “ओलीजी ‘सुपर सिटिजन’ होइनन्। कानुन सबैका लागि बराबर हुन्छ। यदि...बाँकी

ओलीद्वारा देश र जनताप्रति स्थायी बफादारीको दाबी

काठमाडौं, कार्तिक २  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमानमा देश अस्थिर र त्रासपूर्ण वातावरणमा रहेको बताएका छन्। आइतबार सञ्चारकर्मीहरूसँगको छलफलमा उनले भने, पहिले देशमा शान्ति, सुव्यवस्था र निर्धक्क वातावरण थियो, तर अहिले त्यो...बाँकी

ओलीको भनाइ: “विद्या भण्डारीका लागि कोही माइती बनेर आउनु पर्दैन”

काठमाडौं, असोज ३१ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषयमा टिप्पणी गर्दै आफू भण्डारीको असजिलो समयमा साथ दिने साथी भएको बताएका छन्। केन्द्रीय कमिटी बैठकको समापन सत्रमा बोल्दै ओलीले...बाँकी

एमालेको आरोप– सरकारले चुनाव गराउने बाटो छोडेको

काठमाडौँ, असोज ३० – नेकपा एमालेले वर्तमान सरकार चुनाव गराउने दिशामा काम नगरेको दाबी गरेको छ। पार्टीका उपाध्यक्ष गुरु बरालका अनुसार, सरकारले चुनावको वातावरण तयार पार्नुपर्ने न्यूनतम कदम पनि चाल्न छोडेको छ र उल्टो बाटोमा...बाँकी

एमालेको महाधिवेशन मङ्सिरमा पोखरामा हुने, ओलीले प्रस्ताव गरे

काठमाडौं, असोज २९ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ महाधिवेशन मङ्सिर २७, २८ र २९ गते पोखरामा गर्ने प्रस्ताव बैठकमा पेश गरेका छन्। बुधबारदेखि ललितपुरमा सुरु भएको एमाले केन्द्रीय कमिटीको १०...बाँकी