आज : २०२६-१०-११, आइतबार

प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन्।

बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने कि एमाले अध्यक्ष केपी शर्मा ओलीले हावादारी कुरा गर्छन्, तर अन्ततः नेताहरू एमाले छोडेर आफूहरूसँग जोडिन्छन्।

उनले थपे कि हालसम्म १२ वटा राजनीतिक दल र समूह नेपाली कम्युनिस्ट पार्टीमा एकीकृत भइसकेका छन्। गत कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य विभिन्न दलहरूले पार्टीमा एकीकरण गरेका थिए।