News Portal

सिमरामा तनाव कायमै, कर्फ्यू जारी राख्दै प्रदर्शन नियन्त्रणमा कठिनाइ

१७६ पटक

बारा, मंसिर ४ – बाराको सिमरा क्षेत्रमा बुधबार देखिएको तनाव आज पनि उस्तै छ। एमाले कार्यकर्ता र जेन-जी समूहका युवाबीच भएको झडपपछि स्थिति संवेदनशील बनेको भन्दै प्रशासनले बिहीबार पनि कर्फ्यू लगाएको छ।

बिहानैदेखि युवकहरू सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन्। बुधबार बेलुका प्रहरी प्रशासनसँग केही बुँदामा सहमति भए पनि आज फेरि बजार क्षेत्रमा टायर बाल्ने, नाराबाजी गर्ने र जुलुस निकाल्ने गतिविधि चलेका छन्। भीड नियन्त्रणका क्रममा प्रहरीले बल प्रयोग गर्नुपरेको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले दिउँसो १ बजेदेखि राति ८ बजेसम्म कर्फ्यू आदेश जारी राखेको छ। जेन-जी समूहले आफूहरूमाथि कुटपिट गर्नेहरूलाई कारबाही गर्न माग गर्दै केही व्यक्तिविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन्।

बुधबार एमालेले आयोजना गरेको कार्यक्रमका लागि काठमाडौंबाट आउँदै गरेका शंकर पोखरेल, भानुभक्त ढकाल, महेश बस्नेतलगायत नेताहरूलाई रोक्न युवाहरू सिमरा विमानस्थल क्षेत्रमै उत्रिएपछि अवस्था झनै बिग्रिएको थियो।

प्रतिकृया दिनुहोस्

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...