News Portal

एमाले नेता बस्नेत: “सिमराको प्रदर्शनले हामीलाई विचलित पार्न सक्दैन”

१७१ पटक

काठमाडौं, मंसिर ३ – नेकपा एमालेका नेता महेश बस्नेतले बाराको सिमरामा भएको विरोध प्रदर्शनका बाबजुद आफूहरू विचलित नहुने बताएका छन्।

प्रशासनिक कार्यक्रमका लागि महासचिव शंकर पोखरेलसहितका नेताहरू सिमरा जाने क्रममा जेनजी समूहले विमानस्थलमा रोक लगाएको थियो। प्रदर्शन केही समय उग्र बनेपछि प्रशासनले कर्फ्यु लागू गरेको थियो।

बस्नेतले भने, “बारामा भएको विरोध सामान्य घटना हो। सरकारले यसलाई नियन्त्रण गर्न नसक्नु र कर्फ्यु लगाउनु नैतिकरूपमा गलत छ। संविधानले दिएको सभा र स्वतन्त्र विचार राख्ने अधिकार हनन भएको छ।”

उनले सामाजिक सञ्जालमार्फत पनि सरकारको आलोचना गर्दै भनेका छन्, “लोकतन्त्र, कानुनी शासन र सुशासनको खिल्ली उडाउने काम रोक्नु आवश्यक छ। हामी यस्ता अवरोधले विचलित हुँदैनौं र लोकतन्त्र र सुशासनको पक्षमा हाम्रो संघर्ष निरन्तर जारी रहनेछ।”

प्रतिकृया दिनुहोस्

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...