News Portal

मधेशमा मुख्यमन्त्रीलाई काम गर्न देऊ भन्दै एमाले सडकमा

२४३ पटक

जनकपुरधाम, मंसिर २ – मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई जिम्मेवारी निर्विध्न रूपमा पूरा गर्न दिनुपर्ने भन्दै नेकपा एमाले आज जनकपुरधाममा सडकमा उत्रिएको छ। जनकचोकमा भेला भएका एमालेका नेता र कार्यकर्ताले संविधानको रक्षा गर्नुपर्ने र मुख्यमन्त्रीलाई अवरोध नगर्नुपर्ने मागसहित धर्ना सञ्चालन गरे।

यादवले कात्तिक २४ गते संविधानको धारा १६८(३) अनुसार शपथ लिएपनि सातदलीय गठबन्धनको विरोधका कारण सरकार सञ्चालनमा चुनौती आइरहेको छ। गठबन्धनले उनको नियुक्ति नै अवैधानिक भएको दाबी गर्दै मधेश भवन अगाडि लगातार धर्ना दिइरहेको छ।

आज पनि गठबन्धनमा रहेका प्रदेश सांसदहरु मधेश भवन अगाडि बसिरहेको धर्ना जारी राखेका छन्। एमाले र गठबन्धन दुवै पक्षको विरोध प्रदर्शनले प्रदेशको राजनीतिक वातावरण तनावपूर्ण बनेको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...