News Portal

  • ओली चुनावको मुख्य रोकावट बनेका छन् : भूसाल

    ३८ पटक

    काठमाडौं, कार्तिक २८ — पूर्वमन्त्री घनश्याम भूसालले आगामी प्रतिनिधिसभा चुनाव रोक्ने वास्तविक कारण एमाले अध्यक्ष केपी शर्मा ओली मात्रै भएको टिप्पणी गरेका छन्। उनका अनुसार सरकारको तयारीदेखि राजनीतिक वातावरणसम्म, कुनै पनि पक्षले चुनाव प्रभावित पार्ने अवस्था छैन।

    भूसालले भने, अहिले देखिएको बाधा ओलीको राजनीतिक व्यवहार मात्र हो, तर दलहरू प्रचारमा उत्रिसकेपछि उनी पनि चुनावी प्रक्रियामा सामेल हुनै पर्नेछ। उनको भनाइमा, अन्तिममा परिस्थितिले ओलीलाई पनि अघि बढ्न बाध्य बनाउनेछ।

    न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै भूसालले आफ्नो समूह नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग मिलेर चुनावमा जाने तयारी पूरा भएको जानकारी दिए। उनले स्पष्ट एजेण्डासहित प्रतिस्पर्धामा उत्रिने र जनमत सामना गर्न तयार रहेको बताए।

    उनका अनुसार आकस्मिक प्राविधिक समस्या बाहेक चुनाव सार्नुपर्ने कुनै ठोस कारण छैन। सरकारले गरेका तयारी र समग्र राजनीतिक अवस्थालाई हेर्दा निर्वाचन निर्धारित मितिमै हुनुपर्ने उनले तर्क गरे।

    भूसाल पछिल्लो समय विभाजनपछि कमजोर बनेको नेकपा एकीकृत समाजवादीलाई पुनर्गठन गर्ने प्रयासमा सक्रिय छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

    https://youtu.be/G3NSjBH5K6o

     

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो...

    सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

    काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ...

    संसद छिट्टै पुनर्स्थापना हुनैपर्छ, संविधान संशोधनमार्फत जेन–जीका माग सम्बोधन सम्भव : सभामुख घिमिरे

    बिर्तामोड, कार्तिक २८ – सभामुख देवराज घिमिरेले संसद पुनर्स्थापना अब अनिवार्य भएको बताएका छन्। बिहीबार बिहान...

    ओली चुनावको मुख्य रोकावट बनेका छन् : भूसाल

    काठमाडौं, कार्तिक २८ — पूर्वमन्त्री घनश्याम भूसालले आगामी प्रतिनिधिसभा चुनाव रोक्ने वास्तविक कारण एमाले अध्यक्ष...

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...