News Portal

गृहपृष्ठ # रास्वपा

भिजिट भिसा प्रकरणमा रास्वपा अडानमै, सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष सहमत

काठमाडौं, जेठ ३० – भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अझै पनि आफ्नो अडानमा दृढ रहेको छ। प्रमुख प्रतिपक्ष दलहरू सत्तारुढ गठबन्धनसँग सहमत भएपछि रास्वपा अहिले एक्लिएर पनि उच्चस्तरीय छानबिन समिति गठनको मागमा अडिग...बाँकी

भिजिट भिसा प्रकरण : संसद गतिरोध अन्त्य गर्न रास्वपाको ५ बुँदे प्रस्ताव

काठमाडौं, जेठ २६ – भिजिट भिसा प्रकरणको विषयलाई लिएर केही समययता संसदमा देखिएको अवरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाँच बुँदे प्रस्ताव अगाडि सारेको छ। संसदमा चलिरहेको गतिरोध अन्त्य गर्न र सहमतिका लागि रास्वपाले...बाँकी

रास्वपाको आरोप: “सभापति लामिछानेलाई काठमाडौं सार्न गृह मन्त्रालयकै चलखेलले अवरोध भयो”

काठमाडौं, जेठ २३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई रूपन्देही कारागारबाट राजधानीको डिल्लीबजार कारागारमा स्थानान्तरण गर्न गरिएको प्रयासमा राज्यपक्षको असहयोग रहेको भन्दै गम्भीर आपत्ति जनाएको छ। पार्टीले सबै कानुनी प्रक्रिया पुरा गरी...बाँकी

गृहमन्त्रीले जिम्मेवारीबाट एक पाखुरा पछि हट्नुपर्छ : सांसद चन्दा कार्की

काठमाडौं, जेठ २१ – पछिल्लो समय सार्वजनिक भएको मानव तस्करी प्रकरणको पृष्ठभूमिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारीका आधारमा पदबाट राजीनामा दिनुपर्ने माग गर्दै गम्भीर टिप्पणी गरेकी छन्। सिंहदरबारमा...बाँकी

गृहमन्त्रीको राजीनामा माग यथावत्, बजेट अवरोध नगर्ने विपक्षी दलहरूको निर्णय

काठमाडौं, जेठ १४ – संघीय संसद भवन, नयाँ बानेश्वरमा बुधबार बसेको विपक्षी दलहरूको बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा मागलाई अझ सशक्त रूपमा अघि बढाउने निर्णय गरेको छ। भिजिट भिसा प्रकरणमा गम्भीर चिन्ता जनाउँदै बैठकले गृहमन्त्रीको...बाँकी

रवि लामिछाने थुनामै रहने, सर्वोच्चको आदेशले उच्च अदालतको निर्णय सदर

काठमाडौं, जेठ ९ – सुप्रिम सहकारी काण्डसँग जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालत बुटवलको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ। न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले लामिछानेलाई...बाँकी

लामिछाने–जोशी प्रकरण : अदालतमा बहस सम्पन्न, आजै निर्णय आउने संकेत

काठमाडौं, जेठ ९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी विरुद्ध दायर मुद्दामा शुक्रबार भएको सुनुवाइ सकिएको छ। जाहेरवाला र प्रतिवादी पक्षका कानुनी प्रतिनिधिहरूबीच घन्टौं लामो बहसपछि...बाँकी

रवि लामिछानेको मुद्दामा सुप्रिम सहकारी पीडिततर्फको बहस टुंगियो, जवाफी बहसमा जुटे लामिछानेका कानुनी प्रतिनिधि

काठमाडौं, जेठ ९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीसम्बन्धी चर्चित मुद्दामा आज सर्वोच्च अदालतमा नयाँ मोड आएको छ। सुप्रिम सहकारी घोटालाका पीडितको तर्फबाट प्रस्तुत गरिएको बहस सकिएको छ भने...बाँकी

रवि लामिछानेको रिटमाथि आज अन्तिम फैसला आउन सक्ने, बहस निष्कर्षमा पुग्दै

काठमाडौं, जेठ ९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि आज महत्वपूर्ण सुनुवाइ हुँदैछ। न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा आज शुक्रबारका लागि सुनुवाइ...बाँकी

रवि लामिछानेको रिट सर्वोच्चमा ‘हेर्दाहेर्दैमा’, बहस लम्बिँदै

काठमाडौं, जेठ ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमाथि अझै टुंगो लागेको छैन। लामिछानेको रिटसँगै पूर्वडिआइजी छविलाल जोशीले दायर गरेको निवेदन पनि ‘हेर्दाहेर्दैमा’ राखिएको...बाँकी