News Portal

रास्वपाका सबै सांसद राजीनामाको तयारीमा

३०८ पटक

काठमाडौं, भदौ २४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । संसदीय दलको मंगलबार बसेको बैठकमा यस्तो निर्णय हुने संकेत देखिएको छ ।

रास्वपाका एक सांसदका अनुसार पछिल्लो राजनीतिक परिस्थिति र आन्दोलनलाई ध्यानमा राख्दै सांसदहरू राजीनामाको तयारीमा छन् । प्रवक्ता मनिष झाले बैठक सुरु भएको जानकारी दिएका छन् ।

सहकारी ठगी मुद्दामा थुनामा रहेका अध्यक्ष रवि लामिछानेले सोमबार साँझ आफ्ना माग सम्बोधन नभए सांसदहरूलाई राजीनामा दिन तयार रहन निर्देशन दिएका थिए ।

यसैबीच, जेन–जी युवाहरूको आन्दोलनमा सोमबार प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु र सयौं घाइते भएका छन् । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध प्रदर्शनमा उत्रिएका युवामाथि भएको प्रहरी दमनपछि देशव्यापी विरोध चर्किएको छ । रास्वपाले आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

मंगलबार पनि काठमाडौंसहित देशभरका सडकमा युवाहरू प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले संसद् विघटन र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिरहेका छन् । प्रतिनिधिसभामा रास्वपाका २१ सांसद छन्, जसमध्ये सांसद असिम शाहले यसअघि नै राजीनामा दिइसकेका छन् ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...