News Portal

  • रास्वपाका सबै सांसद राजीनामाको तयारीमा

    १८२ पटक

    काठमाडौं, भदौ २४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । संसदीय दलको मंगलबार बसेको बैठकमा यस्तो निर्णय हुने संकेत देखिएको छ ।

    रास्वपाका एक सांसदका अनुसार पछिल्लो राजनीतिक परिस्थिति र आन्दोलनलाई ध्यानमा राख्दै सांसदहरू राजीनामाको तयारीमा छन् । प्रवक्ता मनिष झाले बैठक सुरु भएको जानकारी दिएका छन् ।

    सहकारी ठगी मुद्दामा थुनामा रहेका अध्यक्ष रवि लामिछानेले सोमबार साँझ आफ्ना माग सम्बोधन नभए सांसदहरूलाई राजीनामा दिन तयार रहन निर्देशन दिएका थिए ।

    यसैबीच, जेन–जी युवाहरूको आन्दोलनमा सोमबार प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु र सयौं घाइते भएका छन् । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध प्रदर्शनमा उत्रिएका युवामाथि भएको प्रहरी दमनपछि देशव्यापी विरोध चर्किएको छ । रास्वपाले आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

    मंगलबार पनि काठमाडौंसहित देशभरका सडकमा युवाहरू प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले संसद् विघटन र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिरहेका छन् । प्रतिनिधिसभामा रास्वपाका २१ सांसद छन्, जसमध्ये सांसद असिम शाहले यसअघि नै राजीनामा दिइसकेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    निःशुल्क स्वास्थ्य क्याम्पमा हिमालयन रेस्टुरेन्ट हाउसको सहयोग

    कुवेत – कुवेतमा नेपाली समुदायबीच लोकप्रिय हुँदै गएको हिमालयन हाउस ले प्रशंसनीय सामाजिक उत्तरदायित्व प्रदर्शन...

    रास्वपा कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस

    कुवेत – कुवेतस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभागले वरिष्ठ सल्लाहकार रजु कार्कीलाई १० प्रतिशत...

    दुधौरा पुल पुसभित्र सकिने तयारी, सडक निर्माणमा भने ढिलाइ कायम

    काठमाडौं, मंसिर २६ – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा परेका बाराको दुधौरा पुल निर्माण अन्ततः पुस महिनाभित्र...

    युवा नेतृत्व बिना राजनीति अघि बढ्दैन : मन्त्री खरेल

    काठमाडौं, मंसिर २६ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीति अब नयाँ पुस्ताको हातमा...

    प्रधानमन्त्री कार्कीले आज चार मन्त्री थप्दै, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै

    काठमाडौं, मंसिर २६ – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। आज...