आज : २०२६-०६-१४, आइतबार

प्रदर्शनकारीले रवि लामिछानेलाई नख्खु जेलबाट मुक्त गरे

काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्।

लामिछानेलाई सहकारी बचत अपचलन मुद्दामा जेल राखिएको थियो। रिहा भएपछि उनले उपस्थित भिडलाई सम्बोधन गर्दै आफ्ना विचार व्यक्त गरे। उक्त भाषणको भिडियो रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले सामाजिक सञ्जालमा साझा गरेकी छन्।