News Portal

रास्वपाको पत्राचार : मेटा र युट्युबसँग दर्ता प्रक्रियाबारे जिज्ञासा

२८० पटक

काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेटा र युट्युबलाई पत्राचार गर्दै नेपालमा दर्ता प्रक्रियाबारे जानकारी मागेको छ।

रास्वपाका सहमहामन्त्री विपीनकुमार आचार्यले पठाएको पत्रमा सामाजिक सञ्जाल मनोरञ्जन मात्र नभई शिक्षा, उद्यमशीलता, डिजिटल व्यवसाय र नेपाली प्रवासी समुदायसँगको सम्पर्क कायम राख्ने माध्यम भएको उल्लेख छ। साथै, नेपाली प्रयोगकर्ताले यी प्लेटफर्ममार्फत आय आर्जन गरिरहेको भन्दै दर्ता प्रक्रियामा कुनै अवरोध भए त्यसबारे स्पष्ट पार्न आग्रह गरिएको छ।

बिहीबार सरकारले २६ वटा सामाजिक सञ्जाल दर्ता नभएको भन्दै सञ्चालनमा रोक लगाएको थियो। तीमध्ये सर्वाधिक प्रयोग हुने मेटा र युट्युब पनि परेका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...