News Portal

रास्वपाको पत्राचार : मेटा र युट्युबसँग दर्ता प्रक्रियाबारे जिज्ञासा

१४९ पटक

काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेटा र युट्युबलाई पत्राचार गर्दै नेपालमा दर्ता प्रक्रियाबारे जानकारी मागेको छ।

रास्वपाका सहमहामन्त्री विपीनकुमार आचार्यले पठाएको पत्रमा सामाजिक सञ्जाल मनोरञ्जन मात्र नभई शिक्षा, उद्यमशीलता, डिजिटल व्यवसाय र नेपाली प्रवासी समुदायसँगको सम्पर्क कायम राख्ने माध्यम भएको उल्लेख छ। साथै, नेपाली प्रयोगकर्ताले यी प्लेटफर्ममार्फत आय आर्जन गरिरहेको भन्दै दर्ता प्रक्रियामा कुनै अवरोध भए त्यसबारे स्पष्ट पार्न आग्रह गरिएको छ।

बिहीबार सरकारले २६ वटा सामाजिक सञ्जाल दर्ता नभएको भन्दै सञ्चालनमा रोक लगाएको थियो। तीमध्ये सर्वाधिक प्रयोग हुने मेटा र युट्युब पनि परेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...