News Portal

  • उपसभामुख राना मगरको विदेश भ्रमणमा विवाद: १० पटक स्वीकृति बिना यात्रा

    १९४ पटक

    काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी छन्। तर तीमध्ये १० पटक उनी सभामुखको स्वीकृति लिनु पर्ने कानुनी प्रक्रिया पालना नगरी अनौपचारिक रूपमा विदेश गएकी रहेकी छिन्।

    एमाले सांसद योगेश भट्टराईले बिहीबारको प्रतिनिधि सभा बैठकमा उपसभामुखको विदेश भ्रमणको तथ्य प्रस्तुत गर्दै उनको आचरणप्रति प्रश्न उठाए। उनले भने, “जनप्रतिनिधि र संसद नेतृत्व गर्ने पदमा रहँदा कानुनको पालना नगरी विदेश जानु उपयुक्त होइन। यसले आम नागरिकमा भ्रम सिर्जना गर्छ।”

    राना मगर औपचारिक रूपमा सिंगापुर, चीन, रसिया र अन्य देशमा भ्रमण गरेकी थिइन्। सन् २०२३ मा सिंगापुरको अन्तर्राष्ट्रिय व्यापार तथा डब्ल्यूटीओ संसदीय कार्यशालामा सहभागी भइन् भने चीनको गुइयाङमा भएको इको फोरम ग्लोबल कार्यक्रममा पनि गएकी थिइन्। २०२४ मा रसिया र लिन्झी (चीन) भ्रमण गरिन् र २०२५ मा बंगलादेशसहितका देशमा पुगिन्।

    अनौपचारिक भ्रमणमा उनले अमेरिका ४ पटक, भारत ३ पटक, र स्पेन, बंगलादेश तथा हङकङ एक–एक पटक भ्रमण गरेकी छिन्। प्रतिनिधि सभाको सचिवालयका अनुसार उपसभामुखले १० वटा भ्रमणबारे सामान्य जानकारी मात्र पठाएको र औपचारिक स्वीकृति नलिएको देखिएको छ।

    सत्तारुढ दल एमाले र नेपाली कांग्रेसले उपसभामुखको आचरणप्रति असन्तुष्टि जनाउँदै पदबाट हटाउने प्रयास गरिरहेका छन् भने रास्वपाले यसको विरोध गरिरहेको छ। उपसभामुखको विदेश भ्रमण सूची सार्वजनिक भएपछि पदीय आचारसंहितामाथि फेरि बहस सुरु भएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    इजरायलमा विपिन जोशीको अवस्था अझै अज्ञात

    काठमाडौं, २६ असोज – इजरायलमा रहेका नेपाली नागरिक विपिन जोशीको हालको अवस्था अझै स्पष्ट छैन।...

    महेश बस्नेतले महावीर पुनको जेनजी सन्देशको समर्थन गरे

    काठमाडौँ, असोज २६ – नेकपा एमालेका स्थायी समिति सदस्य महेश बस्नेतले शिक्षामन्त्री महावीर पुनले जेनजी...

    नेपाल राष्ट्र बैंकले एटीएम निकासी सीमा घटायो

    काठमाडौँ, असोज २६ — नेपाल राष्ट्र बैंकले एटीएममार्फत नगद निकाल्न सकिने रकमको सीमा घटाउने निर्णय...

    आज २०८२ साल असोज २६ गतेको राशिफल

    आज असोज २६, २०८२ (अक्टोबर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    आज २०८२ साल असोज २५ गतेको राशिफल

    आज असोज २५, २०८२ (अक्टोबर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...