News Portal

ओलीको राजनीतिक प्रतिवेदन : अन्य दलहरूलाई कसरी हेर्छन् एमाले अध्यक्ष

१९८ पटक

काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश गर्न तयार पारिएको राजनीतिक प्रतिवेदनमार्फत प्रतिस्पर्धी दलहरूको मूल्याङ्कन प्रस्तुत गरेका छन्।

ओलीका अनुसार नेपाली कांग्रेसले इतिहासमा लोकतन्त्र र राज्य सञ्चालनमा योगदान पुर्‍याए पनि नवउदारवादी नीतिका कारण अहिले नेतृत्व गर्न सक्ने क्षमता छैन। उनले समाजवादको आधार निर्माण गर्ने जिम्मेवारी एमालेबाहेक अरू दलले पूरा गर्न सक्दैन भनी बताएका छन्।

माओवादी केन्द्रबारे ओलीले भने– अस्थिरता, अवसरवाद र विभाजनकारी प्रवृत्तिका कारण यो दल अहिले वैचारिक, सांगठनिक र चारित्रिक हिसाबले कमजोर हुँदै गएको छ। उनका अनुसार प्रचण्ड नेतृत्वमा लिइएको ‘माओवादी मार्ग’ असफल भइसकेको छ।

मधेसकेन्द्रित दलहरूलाई उनले संकीर्ण र यथास्थितिवादी दृष्टिकोण बोकेको भन्दै राष्ट्रको नेतृत्व गर्न असक्षम भनेका छन्।

राप्रपा र अन्य राजावादी समूहहरू राजतन्त्र फर्काउने प्रयासमा लागेका र केहीले धर्मलाई राजनीतिक हतियारको रूपमा प्रयोग गर्न खोजेको ओलीको टिप्पणी छ।

रास्वपा लगायतका केही दल र नेताहरूले समाजमा उत्पन्न असन्तुष्टिलाई फाइदा लिन खोजेको भन्दै उनले तिनलाई ‘पपुलिस्ट’ भनेका छन्।

अध्यक्ष ओलीले एमालेलाई राष्ट्रिय शक्तिको निर्णायक शक्ति बनाउन अघि बढेको र नेपालमा राष्ट्रिय शक्ति र आत्मसमर्पणवादी शक्ति बीच निरन्तर प्रतिस्पर्धा हुँदै आएको दाबी गरेका छन्।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...